मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

ड्यामसाइड : कुनैबेला भीडभाड अहिले सुनसान

ड्यामसाइड : कुनैबेला भीडभाड अहिले सुनसान


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७६, बिहिबार

पोखरा २६ बैशाख – गएको हप्ता पोखराको ड्यामसाइडमा भण्डा पार्कको शिलान्यास गरियो । गण्डकी प्रदेशका मुख्यमन्त्री र पोखरामा मेयर मानबहादृुर जिसीले त्यहाँ बन्ने पार्कमा राखिने भण्डा र माछापुच्छे«को प्रतिबिम्ब तालमा देखिने भएकोले यो पोखराको प्रमु्ख पर्यटकीय गन्तब्य बन्ने ठोकुवा गरे । तालको किनारामा ६५ मिटर मापडण्डभित्र निर्माण हुने सो पार्कले पर्यटन प्रवद्र्धन गर्छ कि गर्दैन, यसै भन्न सकिन्नँ । तर, ड्यासाइड
तीस र चालसीको दशकमा पोखराकै सबैभन्दा चहलपहल हुने ठाउँ भने पक्कै हो ।

फेवातालको पुछार हो ड्यामसाइड । फेवामा बाँध बाँधेको ठाउँ भएकोले सो ठाउँको नाम ड्यामसाइड रहन गएको हो । खासगरी मुस्ताङचोक, विरौटाचोक र राष्ट्रबैंक चोक बीचको क्षेत्रलाई ड्यामसाइडका नामले चिन्दै आइएको छ । फेवा तालको ड्याम (बाँध), ताल डिलमा रहेको ड्यामसाइड पार्क र यस क्षेत्रमा सुविधा सम्पन्न ४१ वटा होटल तथा त्यति नै संख्याम रेष्टुरेष्टहरु रहेका छन् । पोखरामा हिप्पीहरुको आवावगमन सँगै मौलाएको ड्यामसाइडको पर्यटन फस्टाएको थियो । फेवातालमा माछापुच्छ«ेको छायाँ परेको तस्वीर विश्वप्रसिद्ध छ तर त्यही दृष्य वास्तविकतामा देखिने ड्यामसाइड भने शुन्यप्रायः रहने गरेको छ । काठमाडौँको झोँछेलाई ठमेलले उछिनेजस्तै ड्यामसाइडको पर्यटन व्यवसाय गौरीघाट, बाराहीघाट, हल्लनचोकतिर सरेपछि त्यहाँको पर्यटन व्यवसाय ओरालो लागेको हो ।
‘हिजोको चल्तीको ड्यामसाइड अहिले ओझेलमा परेको छ’, पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष एवं ड्यामसाइडमा होटल बज्र इन संचालन गर्दै आएका बच्चुराम तिवारीले भने,‘ अहिले यो क्षेत्रमा खासै चहलपहल हुनै छाडेको छ ।’ अहिले ड्यामसाइड तस्वीर खिच्नेहरु र शैक्षिक भ्रमणमा आउनेहरुले मुस्किलले आधा घण्टा बिताउने ठाउँ बनेको उनले बताए ।

पोखरामा नै वैधानिक रुपले पहिलो पटक दर्ता भएको ड्रागन होटल पनि यही क्षेत्रमा रहेको छ । ड्रागन होटल २०२२ सालमा खुलेको हो । संचालक हरिध्वज तुलाचनका अनुसार त्यो बेलाको सुविधासम्पन्न मानिने ड्रागन होटल खुलेपछि सो क्षेत्रमा होटल खोल्ने लहर नै चलेको थियो । उनको भन्दा अगाडि सो क्षेत्रमा स्नोभ्यू नामको होटल मात्र अस्तित्वमा थियो । ‘सुन्दर ताल र हिमाल हेर्ने गोराहरुको भीड लाग्थ्यो त्यो बेला’, उनले भने,‘ ताल र हिमाल अहिले पनि छ, प्रचारको अभावमा मात्र ड्यामसाइड छायाँमा परेको हो ।’ड्यामसाइडमा हिमाली दृष्य भए पनि गतिविधि नहुँदा पर्यटन नफस्टाएको उनको धारणा छ ।
एक रात सुतेको सिंगल बिस्ताराको ७ रुपैयाँका दरले मूल्य लिएर आफूले होटल सुरु गरेको स्मृति उनीसँग अहिले पनि ताजै छ । ड्यामसाइडमा जापानी, चिनिया, भारतीय पर्यटक आफैले भित्र्याएको बताउँदै उनले भने, ‘होटलमा एयरकन्डिसन राख्ने र नेपाली नाच देखाउने चलन पनि मैले नै सुरु गरेको हो ।’अग्रज पर्यटन व्यवसायी हरिध्वज तुलाचनका अनुसार होटलमा गाइड राखी पोखरा विमानस्थलबाट पर्यटक होटलसम्म ओसार्ने काममा शिथिलता आउँदा र लेकसाइड क्षेत्रमा नयाँ होटलहरु खुल्न थालेपछि ड्यामसाइड ओरालो लागेको हो । ‘पहिला औषधिजन्य हिमाली जडीबुटी तथा औषधोपचारको काम गर्थें त्यो छोडेर होटल लाइनमा लागेँ’आम्चीका छोरा रहेका तुलाचनले भने, ‘पछि पर्यटन राम्रो हुन थालेपछि अन्यले पनि यस क्षेत्रमा होटल खोल्न थाले ।’
अर्का पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईका अनुसार नयापन खोज्ने पर्यटकको बानीकै कारण ड्यामसाइडको पर्यटन व्यवसाय बाराहीघाटतिर सरेको हो । ‘घुमन्ता पर्यटकहरु नया खोज्छन्’, सोही क्षेत्रका बासिन्दा उनले भने,‘पर्यटकलाई अड्याईराख्नको लागि सुविधा र मनोरञ्जन बढाउन नसक्दा पनि ड्यामसाइड छायाँमा परेको हो ।’
पोखरा सम्बन्धि धेरै फोटोहरुमा देखिने अन्नपूर्ण हिमश्रृंखलाको दृष्य ड्यामसाइडबाटै खिच्ने गरिन्छ । स्थानीय होटल केसीका प्रवन्ध निर्देशक विकास केसीका अनुसार यही कुरालाई प्रवद्र्धन गर्न नसक्दा पनि पछिल्लो समय ड्यामसाइडले प्रगति गर्न नसकेको हो ।पोखरा आएपछि यहाँ आउनैपर्छ भन्ने प्रचार गर्न सके ड्यामसाइडका दिन फर्कने उनले ठोकुवा गरे । ड्यामसाइडलाई जगाउन पहिला हरेक शुक्रवार ‘ड्यामसाइड स्ट्रिट फेष्टिभल’ गरिन्थ्यो तर विगत केही वर्ष देखि त्यो रोकिन पुगेको छ । अहिले ड्यामसाइड सस्ता पर्यटकको मात्र गन्तव्य बनेको बनेको छ ।पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष सोम थापाका अनुसार पर्यटकहरु सुन्दरताको अलावा आतिथ्यतामा पनि रमाउने भएकोले ड्यामसाइडका पर्यटन व्यवसायीले गुणस्तरीय तथा न्यानो आतिथ्यता प्रदान गर्छन् भन्ने सन्देश प्रवाहित भए सो क्षेत्र पुन ः चम्कने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->