शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक विस्तार शुरु

पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक विस्तार शुरु


  • ध्रुबसागर शर्मा
  • बैशाख २८ २०७६, शनिबार

म्याग्दी २८बैशाख – राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रमुख आकर्षक स्थल घोडेपानी सम्म पुग्नका लागि सडक विस्तार कार्य शुरु भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ चित्रेदेखि घाडेपानी जोड्ने सडक विस्तारको काम बिहीवार (हिजो) देखि शुरु भएको हो । लामो समयसम्म सडक विस्तारमा देखिएको विवाद समाधान भएसंगै गण्डकी प्रदेशमार्फत विनियोजित रु ५० लाख बजेटले सडक विस्तारको काम शुरु भएको चित्रे घोरेपानी सडक निर्माण उपभोक्ता समितिका अध्यष विरेन पुनले जानकारी दिए।
‘सडक विस्तारको कार्यले तिब्रता पाएसंगै प्रदेशको राजधानी पोखरा जोड्ने लक्ष्य छ ‘ पुनले भने । अध्यक्ष पुनका अनुसार करिब ५ किलोमिटर सडक विस्तारसंगै पर्यटकीय स्थल घोरेपानीमा सडक पुग्ने भएको छ । उक्त सडकको लागि प्रदेश सांसद विनोद केसीको पहलमा रु ५० लाख विनियोजन भएको थियो । चित्रे हुँदै घोरेपानी पुग्ने सडकलाई भविष्यमा कास्कीको उल्लेरी हुँदै पोखरा जोड्ने लक्ष्य रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमवहादुर पुनले बताए।
‘सडक संजाल विस्तार गरिएपनि पदमार्गलाई समेत सहज आवतजावत गर्ने सक्ने गरी पदमार्ग निर्माण पनि गर्ने छौं,सडक र पदमार्ग दुवै संगसंगै लैजान्छौं पुनले भने । उनका अनुसार सडक संजाल विस्तारको क्रममा लालीगुराँसको जंगललाई असर नगर्ने गरी विस्तार गरिने छ । उनले अपुग बजेट गाउँपालकाबाट पनि विनियोजन गरिने बताए ।
सडक संजालसंगै पोखरेबगर हुँदै आन्तरिक तथा बाह्य पर्यटक पर्यटकको चहलपहल समेट बढ्ने अनुमान गरिएको छ । कच्ची सडकका कारण पदमार्ग जीर्ण बन्दै गइरहेको अवस्थामा घोरेपानीमा सडक पुग्नु पदयात्रीका लागि फाइदाजनक नभएपनि विकासको आधार सडक नै भएकोले स्थानीयको चाहना अनुसार सडक विस्तार गरिएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ रहेको छ ।
अन्नपूर्ण पदमार्ग अन्तरगत रहेको घोरेपानी,पुनहिल जिल्लाकै प्रमुख तथा विश्वमै एकपटक पुग्नै पर्ने पर्यटकीय गन्तव्यको सूचीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->