मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

तीन दिन देशभर हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

तीन दिन देशभर हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना


  • Dhorpatan News
  • बैशाख २८ २०७६, शनिबार

काठमाडौं २८ बैशाख – आज (शनिबार) देखि तीन दिन अर्थात् सोमबारसम्म देशभर मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार बिहान ६ बजे महाशाखाद्वारा प्रकाशित बुटेलिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भई केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना देखिएको छ। यो क्रम राति पनि जारी रहनेछ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो स्थानीय र पश्चिमी वायुको प्रभाव हो। भोलि आइतबारदेखि यो अझ सक्रिय हुने उनको अनुमान छ।

‘दिउँसोपछि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने देखिएको छ,’ उनले नेपालखबरसँग भनिन्, ‘त्यस्तो डराउनैपर्ने खालको त होइन, प्रि–मनसुनमा आउने किसिमको हावाहुरी र वर्षा हो।’

महाशाखाद्वारा प्रकाशित बुलेटिन:

जारी मिति: वैशाख २८ गते (शनिबार): बिहान ६:०० बजे

वैशाख २८ गते (शनिबार):
दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

वैशाख २९ गते (आइतबार):
दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति:देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।

वैशाख ३० गते (सोमबार):
दिउँसो: देशभरि आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->