बुर्तिबाङ,२९ बैशाख – बुर्तिबाङको खप्टरीबाङमा पिकअप जिप दुर्घटना भएको छ । दुर्घटनामा परि गुल्मीको मालिका गाउँपालिका वडा नम्बर १ का ६८ वर्षीय मदन बहादुर घर्ती गम्भीर घाइते भएका छन । बडिगाड गाउँपालिका वडा नम्बर ६ बल्घासका चालक २६ वर्षीय विनोद केसी, उनकी श्रीमती २० वर्षीया निरुता केसी, उनका छोरा १० महिने रोशन केसी र निसीखोला गाउँपालिका वडा नम्बर ७ राजकुटकी १७ वर्षीय मायाँ कुँवर सामान्य साइते भएको प्रहरीले जनाएको छ ।
बुर्तिबाङ बजारदेखि बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठे तर्फ जादै गरेको लु १ च ९८५२ नम्बरको पिकअप आईतबार दिउसो दुर्घटना भएको हो ।
तीव्र गतिमा आएको गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ । गम्भीर घाइते घर्ती मगरलाई उपचारका लागि पाल्पा पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादवले जानकारी दिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





