पोखरा,२९ बैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानो सामन्ती शोषणका अवशेषको अन्त्य नभएसम्म समाजवाद नआउने बताए । ‘समाजबाद प्राप्त र क्रान्तिको लक्ष्य भन्ने बित्तिकै आउने होइन ,लामो समय लाग्छ’ आइतबार नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) कास्कीका सदस्यहरुको सपथग्रहण तथा पहिलो पूर्ण बैठकमा बोल्दै उनले भने,‘ सामान्तिको अवशेषको अन्त्य गर्नुपर्छ ।’
नेता गुरुङले कम्युनिस्ट पार्टीको सदस्य हुनुमा गौरव गर्दै अनुशासनलाई ध्यान दिन कार्यकर्तालाई आग्रह गरे । उदारबाद र अवसरबादविरुद्ध सही तबरले काम काम गर्नुपर्ने उनको भनाइ थियो । राजनीतिमा सबैभन्दा ठूलो हतियार बिचार भएकोले गुट उपगुटको पछि नलागी विचारको पछि लाग्न उनले आग्रह गरे । व्यक्ति भन्दा संगठन ठुलो हुनेहुँदा संगठनको अधिनमा रहेर जनताको साथमा रही सर्वहारा र श्रमजीवी कार्यशैली अपनाउन गुरुङले आग्रह गरे । जीतको मातलाई जोगाउन नसके पतनको शुरुवात त्यहीँ बाट हुने भन्दै एतिहासिक विशाल कम्युनिस्ट पार्टीको गरिमालाइ जोगाउन सबै एकजुट हुनुपर्नेमा गुरुङले जोड दिए । फरक–फरक राजनीतिक धारबाट आएका नेता कार्यक्रतामा वैचारिक तथा कार्यशैलीमा समस्या हुने उनले बताए । ‘हामी दुई अलग अलग विचार र कार्यशैलीबाट प्रशिक्षित भएर आएका छौ ,अब हरेक वस्तुलाई हेर्ने दृष्टिकोण एउटै हुनु जरुरी छ,’ गुरुङले भने ।
नेकपाका प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले बिरोधीले गरेका भ्रमलाई चिर्दै समाजवादी क्रान्तिमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । उनले सरकारले अगाडि सरकारले अगाडि सारेको अभियानलाई पार्टीका कार्यकर्ताले सघाउनुपर्ने धारणा राखे । उनले पार्टी एकतालाई बलियो बनाउन सक्रिय गतिविधि हुनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा बोल्दै स्थायी कमिटि सदस्य सोमनाथ अधिकारी प्यासीले देश निर्माणको जिम्मा जनताले नेकपालाइ दिएको कारण फेल हुने छुट नभएको बताए । ‘जनताले हामीले विस्वाव गरेर जिम्मेवारी दिएका छन ,जनताले लिएको परिक्षामा फेल हुन छुट हामिलाइ छैन । सवैले पास हुने गरी काम गर्नुपर्छ ।’
नेकपा र सरकार विरुद्ध विभिन्न षड्यन्त्रकारीले षड्यन्त्र गरिरहेको हुदा जनताको विचमा गएर जनता र पार्टीले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने उनको धारणा थियो । प्रतिपक्षले आलोचना गर्नु स्वभाविक भएको हुदा काम बाट आलोचनाको जवाफ दिनुपर्ने उनले बताए ।
केन्द्रिय सदस्य जगत विश्वकर्माले नेपाली जनतालाई सुविधा सम्पन्न बनाउने सरकारको अभियानमा सवै नेता कार्यकर्ताले हातेमालो गर्न आवश्यक रहेको बताए । सहिद ,बेपत्ता र घाइतेको बलिदानलाई आत्मसाथ गरि उनिहरुको सपना पूरा गर्न नेकपाको सरकार तत्पर रहेको हुदा सवै कार्यक्रताले साथ दिनुपर्ने उनको भनाइ थियो ।
नेकपा प्रदेश सचिव गोबिन्द नेपालीले कसैले कल्पना नगरेको पार्टी एकताले दुनिया चकित भएको जिकिर गर्दै अब सबै चकित पार्ने गरी विकास निर्माणमा लाग्ने समय आएको बताए । जिल्ला संयन्त्रको शिफारिस तथा प्रदेश र केन्द्रीय कमिटीको अनुमोदनपछि चयन भएका १ सय ५५ सदस्यलाई स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सफत गराएका थिए । जिल्ला सदस्यमा तत्कालीन एमाले बाट ८८ जना र माओवादी केन्द्रबाट ६७ जना चयन भएका छन । कार्यक्रम जिल्ला अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता र सचिव बखानसिह तमुको सञ्चालनमा सम्पन्न भएको छ ।





