गलकोट ,३० बैशाख -गलकोट नगरपालिकाको आर्थिक सहयोग र सामुदायिक रेडियो गलकोट एफ.एमको आयोजनामा गलकोट नगरपालिका – १ दुदिलाभाटीमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । स्थानिय तहमा सुसासन, सामाजिक उत्तरदायित्व र पार्दशिताका लागी आयोजना गरिएको कार्यक्रममा स्थानिय बमबहादुर श्रीस,एकबहादुर काउचा,धना खत्री,भिम भण्डारी,प्रेम प्रसाद शर्मा,मिन बहादुर कुवँर ,बम बहादुर गुरुङ लगाएतले आआफ्नो जिज्ञासा, बिचार तथा गुनासो ब्यक्त गरेका थिए । आर्थिक वर्ष २०७५÷७६ मा गलकोट नगरपालिका वडा नं १ मा ५५ वटा योजनाको लागि १ करोड ४३ लाख बजेट विनियोजन भएको थियो । दुदिलाभाटीमा सञ्चालित योजनाहरु मध्ये २२ वटा योजना सम्पन्न भईसकेको २० वटा योजनाको काम चलिरहेको १३ वटा सम्झौता भएको र केहि योजनाहरु बाँकी रहेको, ५ लाख १ हजार १ सय ५५ रुपैया राजस्व संकलन भएको वडा सचिव यादव रेग्मीले बताए ।
कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासा लाई वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकी, नगर कार्यपालिका सदस्य नारायण नेपाली, वडा सदस्य पदम कार्की , दुर्गा पुन, तुल बहादुुर खत्री, चन्द्रकली परियार र वडा सचिव यादब रेग्मीले सहजिकरण गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले उपभोक्त्ता समिती गठनमा अपारदर्शिता, सडकको मापदण्ड निकासा नाका सम्बोधन गर्न नसकेको सरसफाई अभियान प्रभावकारी नभएको जनप्रतिनिधी जवाफदेहि नभएको जनप्रतिनिधि विषयबस्तुमा गम्भिरता नभएको, जनजप्रतिनिधी बिच सहकार्य तथा समन्वय नभएको, बाड कार्यालयबाट माग गरिएका भन्दा नगरपालिकाबाट सोझौ अन्य योजनामा बजेट बिनियोजन भएको, सडक मापदण्ड चित्त बुझ्दो नभएको लगायतका जिज्ञासा तथा गुनासाहरु व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण गर्दै जनप्रतिनिधिहरुले गलकोट नगरपालिका १ लाई समृद्ध बनाउनका लागी योजना छनोट गरि प्राथमिकिकरणका आधारमा काम गर्ने वाड भित्रको खानेपानी, शिक्षा, स्वास्थ, पर्यटन, मोटरबाटो लगायतलाई प्राथमिकताका साथ राखेर काम गर्ने, बिपद ब्यबस्थापनलाई प्राथमिकता दिने, आगामी बर्षका योजनाहरु छनोट तथा प्राथमिकिकिरण गर्दा जनताको सहभागितालाई मध्यनजर गर्ने, वाड भित्रका महिला, दलितहरुको आवाजलाई उठाउनका लागी आफुहरुले महत्वपुर्ण भुमिका खेल्ने प्रतिबद्दता जनाएका थिए । कार्यक्रमको उदेश्य माथी गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका अध्यक्ष गुमानसिहँ बुढाथोकीले जानकारी गराएका थिए।
कार्यक्रम गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका अध्यक्ष गुमानसिहँ बुढाथोकीको अध्यक्षता, वडा सचिव यादब रेग्मीको स्वागत मन्तब्य, पत्रकार घनश्याम गौतम र शर्मिला बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।





