मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गण्डकी प्रदेश सरकारले सुरु गरेको वार रुम प्रभावकारी भएन

गण्डकी प्रदेश सरकारले सुरु गरेको वार रुम प्रभावकारी भएन


  • Dhorpatan News
  • बैशाख ३१ २०७६, मंगलबार
गण्डकी प्रदेश सरकार कार्यालय । फाईल तस्वीर ।

पोखरा,३१ बैशाख – विकास निर्माणका कार्यलाई पारदर्शी र प्रभावकारी बनाउने भन्दै गण्डकी प्रदेशले गएको फागुन ४ गतेदेखि वार रुमको सुरुवात ग¥यो । प्रदेश सरकार स्थापनाको वर्षदिनमा मुख्यमन्त्री पृथ्वीसुब्बा आफैले भिडियो कन्फ्रेसिङ सहित उद्धाटन गरेका थिए ।तर, वार रुमबाट मुख्मयन्त्री गुरुङ अहिले आफैमा सन्तुष्ट छैनन् । कम जनशक्तिबाट वार रुमको व्यवस्थापन चुस्त हुन नसकेको उनले एक कार्यक्रममा दुखेसो पोखे ।
हरेक जिल्लाका विकास निर्माण देखि शान्तिसुरक्षाको एकैठाउँबाट अनुगमन, निर्देशन गर्ने तरिकाले वार रुमको अवधारणा ल्याईएतापनि योजना अनुरुप प्रभावकारि भने नभएको उनको भनाई थियो ।‘हरेक जिल्लाका योजनाहरुको अनुगमन गर्नको लागि पहिले भएका कार्यालयहरु पनि खारेज भएका छन्, भू–संरक्षणको एउटै कार्यालयले २÷३ वटा जिल्लाहरु हेर्नुपरेको अवस्था छ, सिँचाईको हालत त्यस्तै छ,’ के प्रदेशका अन्य जिल्लामा बाढिपहिरो जाँदैन, त्यस्तो अवस्थामा उद्धार कसरी गर्ने ?’ उनले प्रश्न गरे ।
हरेक जिल्लामा कार्यालय नहुँदा प्राकृतिक विपत्को अवस्थामा वास्तविक तथ्यांक पाउन झन ढिलो हुने उनले बताए ।यसबाहेक, जिल्लागत विकासे निर्माण योजना, सुरक्षा, विपतमा तत्काल राहतको अवधारणा बमोजिम प्रदेश सरकारले वार रुम सञ्चालन गरेको हो । ‘योजनाहरु आफ्नै कार्यकर्तालाई नदिएता पनि त्यहाँको अनुगमन त गर्नुप¥यो नि, तथ्यांक दिनेले गलत तथ्यांक पनि दिन सक्छ, यसकारण हामीले वार रुम योजनालाई ल्याएका हौँ’ उनले भने ।तर, हालसम्म यसको कार्यालय समेत छैन, वार रुममा काम गर्ने दक्ष कर्मचारी पनि छैनन् । मुख्यमन्त्री कार्यालय मातहतमै रहने भनिएतापनि कार्यालयमा अर्को कुनै संरचना छैन् ।
वार रुमलाई प्राविधिक सहयोग भने युुएनडिपीले गरेको छ । युएनडिपीको तर्फबाट सहजकर्ता सुदिप अर्यालले छिटै नै वार रुममा प्रयोग हुने उपकरणको तालिम दिइने बताए ।‘हाम्रो तर्फबाट त सबै ठीकै छ, तर वार रुम कहाँ राख्ने, कसले चलाउने भन्ने नै अहिलेसम्म सरकारले निक्र्योल गर्न सकेको छैन’ उनले भने, ‘मुख्यमन्त्री कार्यालयमा वार रुम कक्ष राख्न अर्को संरचना पनि छैन ।’
ईन्टरनेट उपलब्ध हुने ठाउँमा सहजै सञ्चालन गर्न सकिने हुँदा प्रदेशभरि नै यसलाई लैजान सकिन्छ । वार रुम संचालन गर्न मोबाइल एपको विकास गर्ने र सोही एप मार्फत प्रदेशका आयोजनाहरु हेर्न मिल्ने गरी व्यवस्था गरिने अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->