इलाम ,३१ बैशाख -आर्ट अफ लिभिङ्गका संस्थापक रविशंकरको जन्मदिनको अवसरमा आर्ट अफ लिभिङ्ग इलामले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । मे १३, १९५६ मा जन्मिएका आध्यात्मीक गुरु रविशंकरको ६३ औं जन्मदिनको अवसर पारेर इलामको सुकिलुम्बा पार्कमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, बागवानी संकायका बिद्ययार्थीहरुले बृक्षारोपण गरेका छन् । बृक्षारोपण कार्यक्रममा स्थानियको समेत संलग्नता रहेको थियो । आर्ट अफ लिभिङ्गमा स्वयंसेवा गरिरहेका महेन्द्र रत्न बहुमुखी क्याम्पसमा बागवानी बिषयमा अध्ययनरत विद्यार्थीहरुले मन्तब्य राखेका थिए । उनिहरुले पार्कको निर्माण तथा संरक्षण, स्थानियले नै गर्नुपर्ने बताए । आर्ट अफ लिभिङ्गकी स्वयंसेवक अदिती न्यौपानेले मानिसहरु तनावमा बस्नुपर्ने र ब्यस्त जिवनले गर्दा मानसिक रोगको शिकार हुनु परेको बताईन् । रविशंकरले सुखी, स्वस्थ्य र तनावमुक्त जीवन जिउनका लागि पु¥याउनु भएको योगदान चर्चा समेत गरिन् । स्थानिय राम चौहानले आफ्नो ठाउको बिकास गर्न आफै लाग्नु पर्ने बताए । सोमबार भएको अर्को कार्यक्रममा मानिसको जिउने कला सम्बन्धी प्रर्वचन, गबिधि र सत्सङ्गगर्नुूका साथै ह्याप्पीनेश कार्यक्रम गरिएको थियो । आर्ट अफ लिभिङ्ग मार्फत विश्वका एक सय ५० भन्दा बढि देशहरुमा तनावमुक्त मन, रोगमुक्त शरिर तथा हिंशामुक्त समाज निर्माणको लागि विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन हुने गरेका छन् । रबिशंकर द्धारा सिर्जित सुदर्शन क्रिया आर्ट अफ लिभिङ्गको मेरुदण्डको रुपमा रहेको छ । आर्ट अफ लिभिङ्गको कार्ष नेपालमा सन् १९९८ देखि गर्न थालिएको हो । काठमाडौंको शंखमुल, बागमतीको किनारमा आर्ट अफ लिभिङको प्रमुख केन्द्र रहेको छ । देशका अन्य प्रमुख शहरहरु चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, झापा, विराटनगर, धरान, हेटौडा लगायत र ग्रामीण क्षेत्रहरुमा समेत केन्द्र रहेका छन् । बालक देखि युवा र वृद्धवृद्धाका सम्मका लागि आर्ट अफ लिभिङको कार्यक्रमहरु लोकप्रिय रहेको छ । संस्थाले आध्यात्मीक ज्ञान मात्र दिने होईन यसले समुदायमा शैक्षिक, मनोबैज्ञानिक, स्वास्थ्य र विभिन्न स्तर बृद्धि गर्न आवश्यक पहल गर्न कार्यक्रमहरु समेत सञ्चालन गर्दैआएको छ । अझ विपदको समयमा उद्धार, राहत तथा पुनस्र्थापनाको लागि आवश्यक सहयोग प्रदान समेत गरेको छ ।





