मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

वालिङ क्याम्पसमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

वालिङ क्याम्पसमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न


  • Dhorpatan News
  • जेष्ठ ४ २०७६, शनिबार

स्याङ्जा, ४ जेठ –वालिङ बहुमुखी क्याम्पसमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वालिङ क्याम्पसले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि एक दिने दन्त र आखाँ शिविरको आयोजना गरेको हो । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर राखेर शिविरको अयोजना गरेकोमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहनप्रसाद रेग्मीले क्याम्पसमा केवल कितावी ज्ञान मात्रै नभएर विद्यार्थीहरुलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन जिम्मेवार बनाउनु पनि क्याम्पसको जिम्मेवारी भएको बताउदै शिविरको आयोजना गरेकोमा धन्यवाद दिदै आगमी दिनमा पनि स्वास्थ्य संग जोडिएका यस प्रकारका शिविरहरु आयोजन गर्न सके धेरै विद्यार्थीहरु पढाइ संसंगै स्वास्थ्य क्षेत्रमा पनि लाभाम्बीत हुने बताएका छन ।
विद्यार्थीहरुलाई पढाइ मात्रै नभएर स्वास्थ्य सम्बन्धी जनचेतना दिने उद्देश्यले शिविरको आयोजना गरिएको क्याम्पस प्रमुख सचितानन्द यादवले बताए । वालिङ बहुमुखी क्याम्पसको आयोजना र शिद्धार्थ डेण्टल किल्निक वालिङ र जिल्ला आखाँ उपचार केन्द्र स्याङ्जाको प्रविधिक सहयोगमा सञ्चालित शिविरमा करिव दुइ सय विद्यार्थीले स्वास्थ्य परिक्षण गरेको शिक्षा संकाय प्रमुख युवराज पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->