आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सपुतलाई सिटीको साथ

सपुतलाई सिटीको साथ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७६, शनिबार

बागलुङ,४ जेठ –प्रतिभाशाली गायक, सर्जक तथा मोडेल प्रकाश सपुतको नयाँ सांगितिक प्रोजेक्टका लागि सिटी एक्सप्रेसले साथ दिएको छ ।नेपाली लोक सांगितिक इतिहासमा सर्वाधिक रुचाइएको गित ‘बोल माया’ सार्वजनिक भएको एक बर्ष पुरा भएको अवसर पारेर सोही गितसँग जोडेर तयार पारिएको नयाँ गित र म्युजिक भिडियोका लागि देश बिदेशबाट पैसा पाउन पठाउन सकिने सिटी एक्सप्रेस मनि ट्रान्सफरले साथ दिएको हो ।भाका नेपालको ब्यानरमा ‘बोल माया’ सँग बिषयबस्तु जोडेर गित तयार गरिएको भए पनि त्यो ‘बोल माया’—२ नहुने गायक सपुतले बताए । गत जेठ १ गते गितको संक्षिप्त प्रोमोश्नल भिडियो सार्वजनिक गरेको उक्त समूहले गितको म्युजिक भिडियो आगामी जेठ ११ गते सपुतको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गर्ने जनाएको छ । ‘अबको निकट समयमै आउने प्रोजेक्ट ‘बोल माया’को घटना र बिषय भन्दा अघिको कथाबस्तु समेटिएको छ,’ उनले भने, ‘बियोगान्त बिषय नभई केही रोमान्टिक लाग्नेछ, यसलाई पनि श्रोता, दर्शकले अधिक माया दिनुहुनेछ भन्ने बिश्वास लिएका छौ ।’ लोक संगितका लागि पनि वित्तिय संस्थाबाट प्रोमोसनका लागि यस किसिमको साथ, सहयोग र आकर्षण देखिनु सुखद बिषय भएको गायक सपुतले बताए ।दर्जनौ गित गाए पनि बोल माया गितबाट चम्किएकी शान्ति श्री परियार र गायक सपुतको संयुक्त प्रस्तुति रहेको यो गितको म्युजिक भिडियो पनि सपुतकै जन्मगाउँ धम्जामा छायांकन गर्न थालिएको छ । गितको भिडियोमा बोल मायाबाटै सर्वाधिक लोकप्रियता हासिल गर्न सफल अञ्जली अधिकारी लगायतको अभिनय रहनेछ । भिडियो छायांकन सम्पादनमा पनि पुरानै टिम प्रविन भट्ट, करन चैसिर लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->