शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

छात्रबृत्ति वितरण

छात्रबृत्ति वितरण


  • Dhorpatan News
  • जेष्ठ ६ २०७६, सोमबार

स्याङ्जा, जेठ ६ – टिका रोमा कोईराला स्मृति कोष वालिङ १३ थानपाटाले पाँचौ स्मृति दिवसका सन्दर्भमा छात्रबृत्ति वितरण गरेको छ । कोषबाट कम्प्युटर साईन्स अध्यनरत जेहेन्दार ८ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको हो । वालिङ क्याम्पसमा अध्यनरत उनीहरुलाई एसईईमा प्राप्त ग्रेडको आधारमा कक्षा १२ अध्ययनका लागी सहज होस भन्ने हेतुले ५÷५ हजारका दरले प्रदान गरिएको हो । वालिङ बहुमुखी क्याम्पसमा आयोजित स्मृति समारोह तथा छात्रबृत्ति कार्यक्रममा गण्डकी प्रदेश विधायन समिति सभापति मोहनप्रसाद रेग्मीले विद्यार्थीहरुको शैक्षिक उन्नति र प्रगतिमा छात्रबृत्ति जीवन्त रहने बताउनुभयो । उहाँले कोषले विभिन्न क्षेत्रमा गर्ने सहयोगका कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि यस क्याम्पसमा उपलब्ध गराई विद्यार्थीहरुको शैक्षिक गतिविधिलाई थप उर्जा थपिदिन आयोजकलाई आग्रह गर्नुभयो । कार्यक्रममा क्याम्पसका प्रमुख सचितानन्द यादव, वडा नं. १३ का अध्यक्ष आनन्द पाठक लगायतले मन्तब्य राख्नु भएको थियो । कोषले शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, जेष्ठ नागरिक, गायन क्षेत्रका प्रतिभाहरुलाई पुरस्कार प्रदान गर्दै आईरहेको कोषका अध्यक्ष दिनेशकुमार कोईरालाले बताउनुभयो । कोषबाट यसपटक ५२ हजार रुपैँया पुरस्कार वितरण गरेको छ । यसअघि कोषले नेपालगञ्जमा रहेको गुरुकुललाई समेत ११ हजार १ सय प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->