बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

निर्माण सामाग्री अभावले फुर्सेखोला ट्रस्टपुलको काम ठप्प

निर्माण सामाग्री अभावले फुर्सेखोला ट्रस्टपुलको काम ठप्प


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७६, बिहिबार

पोखरा, ३० जेठ- पोखरा महानगरपालिका वडा नं १७ र २१ जोड्ने फुर्सेखोला ट्रस्टपुल निर्माण सामाग्रीको अभावले निर्माणकार्य ठप्प भएको छ । पोखरा महानगरपालिका तथा एस.डब्लु.ए.पि नेपालको सहयोगमा निर्माणाधिन उक्त ट्रस्ट पुलको उपभोक्ता समितिद्धारा गर्ने काम सकिएपनी फलामको सामान उपलब्ध नहुँदा कार्यले निरन्तरता नपाएको हो । निर्माण कार्य२०७५ चैत २४ गतेबाट सुरु भएको थियो । ३२ मिटर लम्बाई रहेको फुस्रेखोला ट्रस्ट पुल निर्माणमा करिब २५ लाख १७ हजार २ सय ६७ को लगानी रहेको पुलको काम हाल भने ठप्प छ ।

खोलाको बहाब दिनप्रति दिन बढ्ने क्रममा रहेका कारण वडा नं २१ मा अवस्थित युवाज्योति प्रा.वि विद्यालयमा पढ्न जाने विद्यार्थीहरु समस्या परेको छ । सो क्षेत्रका स्थानियलाई समेत आवतजावतमा कठिनाइ भएको स्थानीयले गुनासो गरेका छन् । पोखरा महानगरपालिका तथा जिल्ला समन्वय समितिको प्राविधिक शाखाबाट उपलब्ध गराईने फलाम आपुर्ती समयमा नहुँदा फलाम सम्बन्धि काममा ढिलाई भएको र निमार्ण कार्यलाई निरन्तरता दिन नसकिएको फुस्रेखोला ट्रस्ट पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष इन्द्र बहादुर खड्काले बताए ।

सो आयोजनाको निर्माण कार्यअवधि आगामी असार १४ सम्म रहेको छ । तर कामले निरन्तरता नपाउँदा आयोजना समयमा सम्पन्न हुनेमा शंका पैदा भएको छ । पुलको निर्माण सम्पन्न गर्ने समय नजिकिदै गर्दा सम्बन्धित जिल्ला समन्वय समितिको प्राविधिक शाखाले फलाम निर्माणमा केही ढिलाई हुने भन्दै केही दिनमा सामान उपलब्ध गराउने आश्वासन मात्र दिएको निर्माण समितिका सचिव देव बहादुर वि.कले बताए । वडाले समन्वय मात्र गरेको हुँदा उपलब्ध हुने बजेट, उपकरण लगायतका सेवासुविधा महानगर र जिल्ला समन्वय समितिले गर्ने उनले जानकारी दिए । वडाबाट यस विषयप्रति सकरात्मक साथ पाएको भन्दै निर्माण कार्यलाई तिव्रता दिनका निम्ति सम्बन्धित निकायले विशेष ध्यान दिन जरुरी रहेको सचिव वि.कको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->