बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

टोलका समस्या मिलेर हल गरौं : प्रनाउ शाह

टोलका समस्या मिलेर हल गरौं : प्रनाउ शाह


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७६, बिहिबार

पोखरा, २९ जेठ – पोखरा महानगरपालिका वडा नं. ८ मा गठन भएको सामुदायिक प्रहरी सेवाकेन्द्रको आयोजनामा भएको छलफलका क्रमका वैदाम प्रहरी चौकीका प्रमुख प्रनाउ कोमल शाहले टोलको समस्या टोलबासी संगै मिलेर गर्ने वताएका छन् ।
उनले शान्ति सुरक्षा सुदृढ गर्न समुदायसंग मिलेर गरे मात्रै सम्भव छ । त्यसको लागि आफ्नो टोलको कुन क्षेत्रमा के समस्या हो प्रस्ट किटानीका साथ टोलवासीले प्रहरीलाई जनाकारी गराएको अवस्थामा सहज हुने वताएका हुन् ।
सो अन्तक्रिर्या कार्यक्रम सहभागी स्थानियहरुले साँझ परेपछि अपरिचित व्यक्तिहरुको चहलपहल वढ्ने भएकोले असुरक्षाको महशुस हुने वताउँदै दोहोरी साँझहरुबाट राती निस्कने प्रायः मापसे गरेका हुने र उनिहरुको भित्रि सुरक्षित वाटो आफ्नो क्षेत्रभएकोले पनि रातको समयमा होहल्ला हुने वताएका छन् ।
पुर्णिंमा हलको पश्चिम, पोखरा ट्रेड मल अगाडि वाटो साधुँरो भएको पार्किङको समस्या, घर भाडामा वस्नेहरुको परिचयको अभावलगाएतका धेरै समस्या भएकोले प्रहरीको सक्रियता वढाउनु पर्ने स्थानियको मुख्य माग राखेको थिए ।
पोखरा ९ की वडा सदस्य एवं समुदाय प्रहरी साँझेदारी अन्र्तगत गठित पोखरा महानगरपालिका वडा नं. ८ स्थित समुदाय प्रहरी टोल समितिकी संयोजक गीता चर्माकारको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरिक्षक विजय भण्डारी, प्रसनि मोहन विक र तुल्सीघाट अस्थायी प्रहरी विटका इन्चार्ज कमल श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->