१. पृष्ठभुमि:
बागलुङकाे पुरानाे नगरपालिकाको पाँचौ नगर परिषदमा भर्खर सम्पन्न गरि समीक्षा गरि संघीय लोकतान्त्रिक गणतन्तगरत्मक संविधानले परिकल्पना गरेकाे स्थानीय सरकार निर्माण भै दुई वर्ष व्यतित भएको तेस्रो वार्षिक नीति तथा कार्यक्रम बाहिर प्रकट भएकाे छ।
लोकतान्त्रिक समाजवादको स्थापनाको लागि समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न स्थानीय सरकारलाई प्रदान गरेका अधिकारको रक्षा र कार्यान्वयन गर्न बागलुङ नगर प्रयत्नशिल छ। अन्तर्राष्ट्रिय स्तरमा व्यक्त प्रतिबद्धता, दिगो विकास लक्ष्य पन्ध्रौ योजना को आधारपत्र र राष्ट्रिय लक्ष्यलाई लाई अात्मसाथ गरेकाे छ ।
२. बिगतकाे मुख्य उपलब्धीकाे समिक्षा:
आर्थिक विकासको मेरुदण्ड पूर्वाधार सडक, खानेपानी, विद्युतको भरपर्दो व्यवस्थाले अर्थिक विकासलाई तीव्रढगले अगाडि बढाउन मद्दत गर्ने हुंदा नगरले पूर्वाधारको विकासलाई महत्वका र प्राथमिकता दिएका देखिन्छ।
स्थानीयले निःशुल्क जग्गा दिदा समेत लामो समयदेखि निर्माण हुन नसकेको बागलुङ बसपार्क निर्माणाधिन रहेकाे छ। गुठि अवस्थित चिप्लेटी बसपार्कको स्वामित्व बागलुङ नगरपालिकामा ल्याइएको तर सिटी हल बनाउने सपना अधुराे छ।
बाङ्गेचौर–कुश्मा नगरपालिका पाङ जोड्ने सम्भवत एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल र मालिका– बेनी खेतार झोलुङ्गेपुल निर्माण प्रारम्भ हुनुकाे साथ उपल्लाे चाैर र नागलिवाङ झाेलुङ्गे पुल स्वीकृत हुनु सकरात्मक संकेत हाे। क्रियान्वयनले कति तृिव गति लिन्छ जनता हेरीरहेका छन। स्थानिय सडकहरु निर्माणाधिन अवस्थामा छन। नगरका धेरै ठाउँ का सबै महत्वपूर्ण सडक चौडा फराकिलो बनाउने कार्य भएता पनि बिगतका बर्ष पिच भएकाे भत्कन थालेकाे छ। यसले गुणस्तरीयताकाे माग गरेकाे छ। नगरका वडा केन्द्रसम्म बलेवा र भकुण्डेमा नियमित बस सेवा सञ्चालन सुरु गरि शाहि नेपाल वायु सेवा उडान शुरु गरे पनि दिगाे हुने अाधार स्तम्भनभई उडान अवरुद्व भएकाे छ।
बागलुङ बजारको ढल निकासका लागि विश्व बैंकको सहयोगमा डिपिआर भई कार्यान्वयन हुने जन अपेक्षा छ। नगरकाे अाफ्नै डाेजर हुनु,
नाङ्गा तार हटाउन थाल्नु, टेलिकममार्फत बागलुङ बजार क्षेत्रमा हाइ स्पिडको इन्टरनेट प्राप्त गर्ने अप्टिकल फाइवर तार विच्छाउँने कार्य सुरु भएकाेले गुणस्तरीय र सस्ताे सेवाबाृ लागि जनता अातुर छन।
नगरको पर्यटन पूर्वाधार विकासका लागि पर्यटकिय क्षेत्र बिस्तारकाे नीति लिय पनि बजार सुक्दै गयकाे अवस्था चुनाैतिपुर्ण सामनाकाे नगरले बृहत् संवाद र बैकल्पिक कदम खाेजि गर्नु अत्तिअावश्यक भएकाे छ। बलेवा एयरपोर्ट कालोपत्रे गर्न संघीय सरकारबाट ४ करोड रुपियाँ बजेट स्वीकृत र कार्य सुभारम्भ हुने संकेत छ। महंगाे भाडा र टाढा हुंदा एयरपाेर्ट संचालन चुनाैति पुर्ण छ।
उद्योग ग्राम निर्माणका लागि प्रदेश तथा संघीय सरकारबाट छनोट भएकाेले समयमै उपलब्धिकाे अपेक्षा गरिएकाे छ।
बागलुङ नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन ग्रामिण क्षेत्रमा ‘एक घर एक धारा’काे अवधारणा लाई सार्थक बनाउने भनियपनि बजारमै खानेपानि समस्या भाेगिरहेकाे नगरबासिकाे गुनासाे लाई नगरले विशेष समबाेधन गर्दा सुन्दर हुने छ। दुई दशक अगाडि बजारकाे सडक निर्माणका क्रममा घरवास गुमाइएका बाङ्गेचौर माझी समुदायलाई एकीकृत बस्ती व्यवस्थापन गरीनु स्वागतयाेग्य कदम हाे। भुकम्पबाट क्षती भएका सयाै संख्या मा अधिकांसले घर निर्माण सुरु गरेका छन। नगर क्षेत्रमा ट्राफिक व्यवस्थापन कालागि सरोकारवालाको सहकार्यमा ‘एकतर्फी पार्किङ’ को प्रावधान आरम्भ गर्ने प्रयत्न छ।कृषि प्राविधिक क्याम्पस सञ्चालन गर्ने काम भइरहेको छ ।कृषि उत्पादनलाई बिचाैलियाकाे मुनाफा भन्दा कृषकलाई नाफा र उपभोक्ता लाई सस्ताे ताजा उत्पादन दिन बागलुङ गुठिमा हाट बजारकाे प्रतिबद्वता देखिन्छ। यसलाई जिल्ला अन्तर जिल्ला स्तरीय बनाउने रणनिति हुनु पर्छ। ‘गरिवीसँग मेयर ऋषिराम’ कार्यक्रम विपन्न समुदायलाई आयआर्जनका लागि ऋण प्रदान र अल्पकालिन महिला सेवा केन्द्र सञ्चालन गरी केन्द्र र मानव सेवा आश्रमको अभिभावकत्व लियर सेवा दिएकाे छ। यधपि, यस्ता कार्यक्रम तत्काल जिल्लास्तरिय बनाउन सकेमा बजार र नगरकाे गाैरब बड्छ। महिला र बाल जागरणका लागि सिमित अनुशिक्षण, संस्थागत नेतृत्व तालिम जस्ता कार्यक्रमहरु बृद्वि गरि सामाजिक संघ संस्था मार्फत परिचालन गरे बैदेशिक सहयाेग थपिनुकाे साथै तसुशासनमैत्री हुने छ। नगरले अाफ्नै आयोजनामा सामाजिक दिवसहरु मनाउने कार्य लाई सामाजिक र नागरिक समाज परिचालन गर्नु उत्म बिकल्प हुने छ। सिमित सामाजिक कार्यक्रम अाफै याेजना, क्रियान्वयन, अाफै समीक्षा र मुल्यांकन यवं अनुगमन र अडिट गर्नु सुशासन बिहिनकाे अाधार हाे। यसले भ्रष्टचारलाई प्राेत्साहन गर्छ भन्ने बिश्वब्यापि मान्यता स्थापित भयकाेले रुपान्तरण गरिनु पर्दछ। बाङ्गेचौरमा रङ्गशाला निर्माणलाई प्रदेश र संघीय सरकारबाट योजना स्वीकृत भयकाे सकरात्मक कदम हाे। माबि विद्यालयहरुमा विद्युतीय हाजिरीको व्यवस्था र १०० जना शिक्षक नियुक्ति गरि शिक्षा गुण्स्तर कायम र सामुदायिक विद्यायलाई व्यवसायिक धारमा प्रवर्घन गर्न पशु तथा कृषि भेटेनरी शिक्षा सञ्चालनमा ल्याइएको भनियता पनि सबै ठाउँ लागू गर्नु उत्तम हुने छ। धाैलागरी अंचल अस्पताललाई अघि बढाउन जिल्ला र अंचलकै उपचारकाे केन्द्र बिन्दु बनाउन चिकित्सा शिक्षा क्षेत्र अगाडि बढाएमा बागलुङ नगरीकाे गाैरब उंचाे हुने थियाे।
३. अतगामि बर्ष रुपरेखा
अागामि बर्षकाे लागि पनि बागलुङ नगरले भाैतिक पुर्बधार र पर्यटन बिकास लाई जाेड दिएकाे बताएकाे छ। अागामि बर्षकाे कार्यक्रम लाई ६ भागमा बिष्लेषण गरेर हेर्न सकिन्छ। एक, बिगतमा स्वीकृत भएकाे कार्यक्रम लाई तृिव र गतिमान बनाउने, दुई, यस बर्ष सुरु भएकाे कार्यलाई क्रियान्वयन गर्ने तथा समणपन्न गर्ने , तीन, केही नया याेजनाहरु र कार्यक्रम लाई कार्यान्वयन गर्ने चार बिगतमा संकल्प गरेकाे अधुराे सपना लाई बिपनामा परिणत गर्ने, पाच, संघ र प्रदेसकाे सहयाेगमा रमष्ट्रिय याेजनाहरु लागू र पूरा गर्ने, छ, अागामि बर्षकाे लागि केही नया याेजनाका लागि पहल गरि स्वीकृति गर्ने । यसरी नगरपालिकाले प्रश्तुत गरेकाे नीति कार्यक्रम हेर्दा बागलुङ लाई नमुना नगरी बनाउन काेशिस गरेकाे अाभास हुन्छ। तर क्रियान्वयन गर्दा र गरिसकेपछि कामहरु अधुरा देखिने हुंदा त्याे तर्फ बिशेष ध्यान जानू अावश्यक देखिन्छ। साथै नगरले अाफै कार्य सम्पादन गर्ने मात्र नभएर स्थानिय संस्था, निजि क्षेत्र, गैसस र परियाेजनाहरु ल्याउन गैसस र बिदेशि दाता लाई पनि अाकर्षण गरि परिचालन गर्नु उचित हुन्छ। नगरले सडक अलवा मानबिय, सामाजिक, अध्ययनमुलक, कृषिमुलक र बैकल्पिक बिकासमा पनि जाेड दिन पहल गरी प्रत्यक घर लाई लाभ दिने कार्य गरेमा सुन्दर हुने छ। यसकाे लागि बागलुङ बजार लाई चिकित्सा अध्ययनकाे क्षेत्र, बजारकाे पर्यटन, र धाैलागिरीकाे व्यापार र बजारीकरण लाई अभिबृद्व गरि सुद्विडिकरण गरेमा विशेष याेगदान कान्न सकिने छ। कालिगण्डकि कलिडाेरकाे बाटाे मालढुंङ्गा बाट बागलुङ हुँदै जाने कुरा सुनिश्चित गर्न सक्नु बागलुङ नगर र बागलुङबासिकाे लागि गरिने विशेष याेगदानकाे रुपमा बागलुङबासीले बुझ्ने अवसर सृजना गर्न पर्दछ। पहल गरिने उल्लेखित याेजना लाई सुनिश्चित गरिने छ, मा रुपान्तरण प्रतिबद्वता कायम गरिनु पर्दछ। यसरी बागलुङ नगरीले यउटा नमुना सुशासनमुखि कर्म गरेर धाैलागिरीकाे मुटु बनाउन सबै लागि पराै।
* थापा सामाजिक अभियान्ता यवं लेखक हुन।




