शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

आधारभुत तहका विद्यार्थीलाई झोला वितरण

आधारभुत तहका विद्यार्थीलाई झोला वितरण


  • Dhorpatan News
  • असार १४ २०७६, शनिबार

स्याङ्जा, १४ असार –वालिङ नगरपालिका वडा नं. १३ ले विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । वडा भित्र रहेका ५ सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको वडा अध्यक्ष आनन्द पाठकले बताउनु भयो । विद्यार्थीलाई विद्यालय प्रति अकर्षित गर्दै बिचमै कक्षा छाड्ने विद्यार्थीको संख्यामा कमि ल्याउने उद्देश्यका साथ वडाले झोला वितरण गरेको अध्यक्ष पाठकले बताउनु भयो ।
वडा भित्र रहेका सरस्वति माध्यमिक विद्यालय, लक्ष्मी मावि, जनकल्याण आधारभुत विद्यालय, सर्वशक्ति आधारभुत विद्यालय र मुटुभञ्याङ आधारभुत विद्यालयका १ सय ८३ जना विद्यार्थीहरुलाई झोला बितरण गरिएको हो । वडा नं. १३ का जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थितिमा झोला वितरण गरिएको हो । झोला वितरण कार्यक्रमले विद्यार्थीहरुमा अध्ययनमा थप प्रेरणा मिल्ने भन्दै शैक्षिक गुणस्तरका लागि स्थानीय तहको समेत महत्वपुर्ण भुमिका रहने अध्यक्ष पाठकले बताउनुभयो ।
आर्थिक वर्ष २०७५÷०७६ को शैक्षिक गतिविधि कार्यक्रम अनुसार अहिले झोला वितरणलगायतका कार्यक्रम गरिएको र अबका वर्षहरुमा शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा आर्कषण गर्ने खालका कार्यक्रमहरु गरिने वडा सचिव खमकान्त शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->