एउटा भनाइ छ ‘तिमी पनि काले म पनि काले मिलिजुली खाउ भाल’े भनेझै नेपाली राजनीतिक क्षेत्रमा बिशेष गरि बहुदलीय ब्यवस्थाको आगमन पश्चात राजनीतिक दलहरू सत्ता हत्याउने खेलमा लागेकै हुन त्यो इतिहास बोल्छ । जसरी निरंकुश पन्चायत ब्यस्था र राजतन्त्रको अन्त्य गर्न राजनीतिक दलहरु उभिएका थिए , परिवर्तन को उद्घोष गरेका थिए । तर सोही अनुसार पटक्कै गरेनन । त्यही पुरातनवादी प्रवृत्तिको सिको गरे परिबर्तनको नाममा एक दशक पदिय भागबन्डा मा तछाडमछाड गरे क्रान्ति , परिबर्तन , जनताप्रतिको आफ्नो कर्तव्य ,जिम्मेवारि, नीति नियम सिद्धान्त, अनुशासन लाई समेत ख्याल नगरी हरेक राजनितिक दलका नेताहरुमा ब्यक्तिवाद हावी भयो जहाँ समाजबाद , समृद्धि,र परिबर्तनमा ब्यत्तिबाद खतरनाक मानिन्छ । ब्यक्तिबाद हावि भएकै कारण पदिय लडाइँमा एक दशक भन्दा बढि समय गुज्रियो ।
बहुदलीय ब्यवस्था पछि २०६४र६५ सम्मनै हुनुपर्छ नेपालमा छिटो छिटो सरकार परिवर्तन र सत्तामा धेरै नेताहरु पुगेको सोही बेला अर्कोतर्फ अर्को शक्ति तत्कालीन माओवादी परिवर्तन को उद्घोस गर्दै २०५२ फागुन बाट जनयुद्ध को सुरुवात गरेको थियो । जनतामा भय त्रास बाहेक केही थिएन । राजनितिक पार्टी सत्ता पल्टाउने र आफ्नो पक्षमा पार्ने खेलमा तल्लीन नै थिए । देश रक्तपातमा डुबुल्किएको थियो । हजारौं बिरहरुले परिवर्तनकै निम्ति ज्यानको आहुती दिए । चरम संङ्कट को घडिमा परिबर्तन को आशातित किरणहरुको पर्खाइमा रहेका जनतालाई माओवादी शान्ति प्रक्रियामा आउनु र सात राजनैतिक दलविचको सम्झौता , सयुक्त जनआन्दोलन र त्यसको सफलता मार्फत प्राप्त राजतन्त्रको अत्यन्त र गणतन्त्र स्थापना बाट जनतामा बिकास र परिवर्तनको आशा पलाएको थियो । त्यो स्वभाविक पनि हो । त्यो परिस्थितिको सामना गरेर अहिलेको अवस्थामा आउन राजनैतिक दलले संङ्घर्ष गरेकै हुन त्यसलाई घाममा सुकाइदिएर केही गरेनन भनेर अहिले दोषारोपण गर्नु पनि वान्छनिय हुदैन । त्यो साहासिक कदमलाई त सल्युट गर्नै पर्छ तर त्यो त्याग जनताले बिर्सेका छैनन । त्यसको मुल्याङ्कन जनताले गरेका छन ।
हामिले प्रत्यक्ष देखैकै कुरा रह्यो नि हिजोको त्यो बलिदानी पुर्व परिवर्तनको वकालत गर्ने क्रान्तिकारी पक्षधरहरु सत्तामा पुगेको तर किन फेरि उहीँ सत्ता मोहमा छन यसरी त यी पनि सत्ता पुग्ने भर्र्याङ् खोजेका रैछ्न भन्ने स्पस्ट छ । तत्कालीन माओवादि शान्ती प्रक्रियामा आए पछि बिरलै मात्र सत्ता बाहिर रह्यो । हालका नेकपा अध्यक्ष प्रचण्ड दुई पटक प्रधानमन्त्री भैसक्नु भयो , नेपाली काङ्ग्रेस बहुदलीय ब्यस्था पछिनै दुई पटक बहुमत प्राप्त गरेको पार्टी हो । सोही अवधिमै आपसी अन्तबिरोध मै पूरा कार्यवधी सत्ता चलाउन सकेन , हालका काङ्ग्रेस सभापति चार पटक प्रधानमन्त्री भैसक्नु भयो । तत्कालीन नेकपा एमाले पनि सत्तामा पटक पटक पुगैकै हो जसबाट पनि तीन जना प्रधानमन्त्री बनिसके हाल केपि वलि दोश्रो पटक प्रधानमन्त्री हुनुहुन्छ । यो जनताले गरेको बिश्वास कारण भएको हो । हिजोको संङघर्षको मुल्यांकन भएको हो तर हिजो त्यत्रो त्याग तपस्या गरेका नेताहरु भने सत्तामा पुग्नमै मात्र हतारो गर्ने पद हत्याउन मात्रै लाग्ने गर्दा अस्थिरताको भुमरीमा देश फस्यो । जस्लाइ फेरि अर्कोपटक अब नेताहरू चेत खुल्यो भन्ने हिसाबले बाम गठबन्धन लाई तत्कालीन एमाले र माओवादिको चुनावि तालमेल लाई दुईतिहाई बराबर बहुमत दिलाएका हुन । बाडिचुडी खानालाइ हुँदै ।
नेताले आफ्नो मात्रै होइन जनताको समृद्धि मा पनि ध्यान दिन आवश्यक छ । अहमता र ब्यक्तिबादि सोचलाई बदलेर बिकास निर्माण तिर अघि बढेमामात्र जनताको मतको कदर हुने छ । नेताहरु पदिय लडाइँ किन लड्न पर्छ र पर्दैन बर्सौ नेकपाको सरकार हुन्छ । यसरी पदको लागि मरिहत्ते गरे उहीँ नेपाली भनाइ तलाइ न मलाइ घ्वाइलाइ हुन बेर लाग्दैन ।
लामो समयको यस्तै पदिय लडाइँ बाट मुक्त हुनका लागि भनेर नेकपा सरकार स्थिर सरकार भनेर पाँच बर्सको लागि बनेको हो , त्यो नेताहरू बोलेका हुन । चुनावी घोषणा पत्रमा जनतामाझ त्यही उद्घोष गरेकै हुन र सोही अनुरुप जनताले स्वीकार गरे मत दिएका हुन । चुनावी तालमेल पछि पार्टी पनि एकता भयो । नेपाली जनताले नेताको घैटामा घाम लाग्यो अब साच्चिकै बिकास र समृद्धिको सपना पूरा हुन्छ , अन्याय असमानताको अन्त्य हुन्छ भनेर बिस्वस्त थिए तर सोही अनुरुप सरकार कामकारबाहीले भने गति लिएन । पार्टी एकतामा नै ब्यक्तिवाद हावी भयो पदियमुकाविला मै अल्झियो जहाँ सक्षम ब्यक्ति खोज्ने कुरा सिद्धान्तका कुरा कहिलै देखिएन कि जहाँ पदको मात्रै लडाइँ देखा पर्यो जस्ले एकातर्फ अहिलेसम्म पार्टीएकता नटुङ्गिनु लज्जास्पद र पार्टीकै लागि घाटाको कुरा देखियो । अर्कोतर्फ यस्तो पदिय लडाइँ देख्दा , बेलाबेला पाँच बर्षका लागि भनिएको सरकार फेरि आलोपालोको कुरा उठदा यो सबै बाडिचुडी खाने ब्यक्त्तिगत समृद्धि मात्रै पूरा गर्ने बाहेक केहि हुन सक्दैन भन्ने चिन्ताजनक अवस्थाको सृजना भएको देखिन्छ ।
अन्त्यमा ती पुराना अतितका घटनालाइ सम्झेर तिनको पुनस्मरण गरेर ती पदिय लडाइँले गर्दा भएका ती पुराना घटनालाइ अवशेषहरुलाइ त्यसबाट ब्यहोर्नु परेको क्षतीलाइ ,अन्तबिरोधका कारण बिगतमा घटेका घटनालाइ बिर्सिएर त्यो अवस्था दोहोर्याउन तिर लागियो भने , एकले अर्कोलाई निशेध गर्ने , अहमता र ब्यक्तिबादी सोचलाई अन्त्य गर्न नलाग्ने हत्याहिंसा जस्ता कुरालाइ प्रश्रय दिने आफ्नो स्वहितका लागि जे पनि गर्ने बिगतलाइ नै दोर्याउने ब्यक्तिबादी सोच राख्ने हो भने त्यो केवल आफ्नो स्वहितबाट निर्दे्शित हुन्छ । समाज र जनताको देशको हितको उपेक्षा गर्ने खालको हुन्छ, जसबाट ब्यक्तिगत हित बाहेक सबैलाइ पश्चताप मात्रै हुनेछ त्यसैले अहमता ब्यक्तिबाद र पदिय भागबन्डामा को वेवास्ता गरेर देशको हितमा नसोचे समृद्धि नारा कमाइ खाने भाडो सत्ता चढ्ने भर्र्याङ् मात्रै बन्नेछ पार्टी देश जनता सबैको भविष्य अन्धकारमय हुनेछ ।




