बागलुङ,२९ असार – कक्षा ५ मा पुग्दा बालबालिकाले सरासर पाठ पढ्ने मात्र नभई सामान्य प्रकारका निबन्ध लेख्ने र समाज बारे बुझ्ने भैसक्नु पर्छ । तर नेपालका अधिकांस बालबालिकाले क देखि ज्ञ र १ देखि सय सम्म पनि पढ्न र लेख्न नसक्ने धेरै भेटिएको छ ।
लगानी अनुसार गुण्ँस्तरमा सुधार नभएको एक अध्ययनले पनि देखाएको छ । शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०६५ साल देखि बर्षेनी गर्दै आएको परिक्षण मध्ये गत बर्षको परिक्षणले नेपालका ३७ प्रतिशत बालबालिका अझै सामान्य सिकाई समेत गर्न नसकेको भेटिएको हो । उच्च स्तरीय सिकाई भएका बालबालिका १ प्रतिशत मात्र छन् ।
बिद्यालय र घर परिवारमा उचित वातावरण नपाएको, शिक्षकहरुको लगाव बालबालिकामा नभएको लगायतका कारणले ३९ प्रतिशत बालबालिका सामान्य सिकाई भएका र २८ प्रतिशत मात्र मध्ययम स्तरको भएको भेटिएको केन्द्रका निर्देशक हरि अर्यालले बताए । २०६५ सालदेखि लगातार गरिएको अध्ययनमा सिकाईमा सामान्य सुधार भैरहेपनि राम्रो बन्न नसकेको अर्यालको भनाई छ ।
केन्द्रले कक्षा ५, ८ र १० का बिद्यार्थी तहमा पुगेर अध्ययन र बिष्लेषण पछि यो तथ्यांक सार्वजनिक गरेको हो । ‘हामीले देशभरका १ हजार ९ सय ९९ सामुदायिक बिद्यालयमा गरेको अध्ययनबाट यो निष्कर्ष निकालेका हौं’ अर्यालले भने, ‘अझै धेरै मेहेनत र लगानी बढाउनु पर्ने क्षेत्र तोकेरै सरकारलाई सुझाव पनि दिएका छौं ।’ शैक्षिक बर्ष २०७४÷०७५ को कार्य सम्पादन परीक्षण बागलुङमा उनले प्रस्तुत गरेका थिए । ‘यो प्रतिवेदन केन्द्रीय तहमै प्रस्तुतीकरण गरेर सरकारको ध्यानाकर्षण गराउ“छौं’ उनले भने, ‘जिल्ला तहबाट प्रस्तुती थालेका हौं ।’ अध्ययनले सामान्य देखाएको १ हजार ६ सय ४४ बिद्यालयलाई कम्तिमा मध्यम स्तरमा उकास्नुपर्ने सुझाव दिएको छ । कुल बिद्यालय मध्ये ३ सय ५ वटा मात्र मध्यम स्तरको देखिएको छ । परीक्षण गरिएको एउटा मात्र बिद्यालय उत्तम देखिएको उनले बताए ।
विश्व बिद्यालयका प्राध्यापक, मन्त्रालयले छनौट गरेका बिज्ञ र बिषयगत शिक्षकले बनाएका प्रश्नपत्रलाई पहिलो पटक ३ सय सामान्य बिद्यार्थीमा परीक्षण गरिने प्रावधान छ । उक्त प्रश्न मध्ये ९० भन्दा धेरै अंक ल्याएका प्रश्न र २० भन्दा कम अंक आएका प्रश्न हटाएपछि बा“कीलाई २ हजार बिद्यालयमा पठाइएको हो । हरेक बिद्यालयका कक्षा ५, ८ र १० का बढीमा २५ बिद्यार्थीलाई स्वमूल्यांकन फारम भराउने र परीक्षा लिएपछिको नतिजाको आधारमा मात्र यो तथ्यांक निकालिएको बिज्ञ लवदेव भट्टले बताए । ‘सबै बालबालिकाको सिकाई स्तर एकै हु“दैन भनेरै भाषा, क्षेत्र, लिंग र भूगोलको आधारमा परीक्षण गरिएको हो’ भट्टले भने, ‘अन्तराष्ट्रिय बजारमा गरिने टेष्टमा समेत नेपाली बालबालिकाको गुणस्तर पु¥याउन यस्ता अध्ययन र प्रतिवेदन सहयोगी बन्नेछन् ।’ सरकारलाई दिईदै आएको सुझावमा केही बर्ष देखि सुधारको संकेत देखिएको पनि उनले बताए । १० बर्ष अघिदेखि काम गरिरहेको केन्द्रले अहिले सम्म ७ वटा प्रतिवेदन तयार गरेको छ । एउटा प्रतिवेदन तयार हुन तीन बर्ष लाग्छ । एक बर्ष परीक्षण र अर्को बर्ष तथ्यांक बिष्लेषण पछि तेस्रो बर्ष मात्र अन्तिम प्रतिवेदन बन्दै आएको छ ।
नेपाली, अंग्रेजी, बिज्ञान, गणित र सामाजिक बिषयको सिकाई बारे केन्द्रले नियमित अध्ययन र परीक्षण गरिरहेको हो । परीक्षण गर्दा बालबालिकाको नियमितता, बिद्यालयको बित्तिय परिणाम, शिक्षकको कार्यसम्पादन परीक्षण, भौतिक अवस्थाको अध्ययन, मानव संशाधन, समुदायको सहभागिता, अतिरिक्त क्रियाकलाप, कक्षा शिक्षकको भूमिका र आन्तरिक मूल्यांकनलाई पनि समावेश गरिएको अर्का निर्देशक अनुपम चन्द्र श्रेष्ठले बताए ।
कक्षा कोठाको उपलब्धी मापन गर्ने र २१ औं शताब्दी सुहाउ“दो शिक्षा प्रवाह गरेर प्रतिष्पर्धि जनशक्ति उत्पादन गर्न यो केन्द्रले गरेको अध्ययन र सुझाव उपयोगी हुने शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख कुश्मराज उपाध्यायले बताए । अध्ययन गर्दा बालबालिकाको कक्षा छाड्ने दर, अभिभावक र शिक्षकको सन्तुष्टीको अबस्थापनि समावेश गरिएको छ । केन्द्रले हरेक बर्ष तयार गर्ने ८८ वटा सूचक र २ सय ६४ अंकलाइ्र्र शतप्रतिशत मानेर परीक्षण गरिरहेको हो । त्यसमध्ये ४० अंक ल्याउन नसक्नेलाई कमजोर मानिएको छ । ४० देखि ७० अंक ल्याउने सामान्य, ७० देखि ९० अंक ल्याउने मध्यम र ९० बढी अंक ल्याउने उत्तम मानिएको थियो ।





