बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पारीवारीक कथा ‘बतासे पानी’

पारीवारीक कथा ‘बतासे पानी’


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०७६, बिहिबार

पोखरा,९ साउन –
‘अल्लि छिटो बुनमका सानी, मायाँको जाल दुइटाको जुग जानी’
‘पारी परी बतासे पानी झलमल घामलायो वारी त’
‘आमाले नी साह्रै मन मार्छिन तिमी जस्ती लक्षिनकी बुहारी त ’
हिन्दु नारीहरुको महान पर्वको रुपमा मानिने तिजलाई लक्षित गरेर सञ्चारकर्मि कृष्ण अँखेली र गायिका सरस्वती लामिछानेले तयार पारेको गित हो ‘बतासे पानी’ । यसै साता युटुवच्यानल मार्फत बजारमा आएको गित दर्शक स्रोतमा माझमा लोकप्रिय बनेको छ । शव्दको छनौटमा माहिर मानिएका गितकार शिव अँखेलीले गाउँका टिपिकल शव्द राखेर गित बनाएका छन् ।
छोराले बिहे गर्दा बाउ आमाको चित्त बुझाउनु पर्ने बाध्यात्मक हाम्रो समाजको यथार्थलाई गितमा उतार्दै लक्षिनकी बुहारी आमालाई मन पर्ने उल्लेख गरीएको छ । ‘हाम्रो समाज भन्दा बाहिर गएर कसरी गित बन्छ र’ अँखेली भन्छन ‘लोक गित त्यो पनि तिजको कोशेली त हाम्रो समाजको ऐना हो ।’ केटाले बुहारी आमालाई मन पर्ने बताई रहँदा उता केटी पक्षको परिवारमा पानी ज्वाई राजा मन परेको गितमा बोलिएको छ । बिहेको तयारीमा रहेका केटाकेटीले एक अर्कालाई आफ्नो परिवारको सहमतीको कुरा बताउँदै बिहे अघिका प्रकृयामा आधारीत रहेर भएको कुराकानी तिजको कोशेली बनेको अँखेली बताउँन् ।
सरस्वती लामिछाने र कृष्ण अँखेलीको स्वर रहेको गितका शव्द शिव अँखेलीले लेखेका हुन् । गितको म्युजिक भिडियो निर्देशन शंखर बिसीले गरेका छन् भने दृष्यमा महेन्द्र गौतम र दिपाशा बिसीलाई देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->