शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आदिवासीले मुल प्रवाहीकारणमा ध्यान दिनुपर्छ: मुख्यमन्त्री गुरुङ

आदिवासीले मुल प्रवाहीकारणमा ध्यान दिनुपर्छ: मुख्यमन्त्री गुरुङ


  • Dhorpatan News
  • साउन १२ २०७६, आइतबार

पोखरा,१२ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी समुदायले देशको मुल प्रवाहीकरणमा पहुच बढाउन आवश्यक रहेको बताएका छन् । देशको राजनितिक, आर्थिक र प्रशासनिक क्षेत्रमा पहुच बढाउन सके मात्र जनजाति समुदायले भोगिरहेको विभेदपुर्ण अवास्थाको अन्त्य हुने मुख्यमन्त्रीको भनाई थियो । तमू प्ये ल्हु संघ लमजुङले आफ्नो भवन निर्माणका निम्ति पोखरामा गरेको सास्कतिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले राजनितिमा पहुच नभएकै कारणले राज्यको दिएको अधिकारहरु समेत जनजातिले लिन नसकेको दावी गरे । समानुपातिक प्रणाली पछाडि पारिएका समुदायको प्रतिनिधित्वका लागि ल्याइएको भए पनि राजनितिमा नभएकै कारण जनजाति समुदाय यो अवसर उपयोग गर्न नपाएको उनको दावी थियो । अन्य देशको तुलनामा नेपालका जनजातिले संविधानमा धेरै अधिकार पाएको जिकिर गर्दै मुख्यमन्त्री गुरुङले मुल प्रवाहमा पहुच नहुदा संविधान कार्यन्वयन पछाडि पारिएको समुदायको पक्षमा कार्यन्वयन हुन नसकेको बताए । आइएलओ १६९ सन्धि सरकारले लागु गरे राजनितिमा पहुच नभएकै कारणले यसको कानुन बन्न सकेको भन्दै मुख्यमन्त्री गुरुङले आदिवासीको पक्षमा भएका कैयन यस्ता सन्धि अभिसन्धि अझै कार्यन्वयन हुन नसकेको जिकिर गरे । फरक प्रसंगमा मुख्यमन्त्री गुरुङले भाषा, सस्कार सस्कृति नै पहिचानको मुल आधार भएकाले यसलाई जोगाउन सवै लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->