१. एकातिर हाम्राे परापुर्वदेखि मनाएका चाड र संस्कृति बिधमान छन, अर्काेतिर विदेसी चाड र संस्कृति भित्रदाे छ । संचार जगतले नया फड्काे मारेसंगै हामिलाई बिश्वब्यापिकरण पुजिबादी संस्कृति र परमपरागत मान्यता दुबैलाई सहि मार्ग निदेश गर्न, सहि दृष्टिकाेण निर्माण गर्न आवश्यकता भएकाे छ। याे सबै धर्म संस्कृतिसंग समबन्धित भएकाले सबै धर्म, जाति, संस्कृति र बिबिधयूूूूक्त चाडपर्वलाई हेर्ने दृष्टिकाेण निर्माण गर्न राजनितिक नागरिक हिन्दु, बाैद्व र अन्य धर्मालम्बिहरु बीच बहष गरी काम गर्न संघियताकाे अहं भुमिका रहन्छ। स्थानिय सरकार मार्फत प्रदेस सरकारले यस क्षेत्रमा भूमिका खेल्न संघियताकाे महत्व रहने छ। भर्खरै मनाईएकाे रक्षा बन्धन यउटा संस्कृतिकाे श्रङखलालाई जाेडेर यहाँ विश्लेषण गर्ने यत्न गरिएकाे छ। नेपाली पाैराणिक संस्कार र संस्कृतिहरु समय सापेक्ष बहष र रुपान्तरण कर्मकाण्डीलाई ताेडेर संघिय समाज निर्माणकाे जगबाट नै लाई लाेकतान्त्रिकरण गरिनु आवश्यकता रहेकाे छ। रक्षा बन्धन र जनैलाई रुढिबाद वा झंजटिलाे डाेरि मानेता पनि जनै पुर्णिमाकाे दिन भने सांस्कृतिक परम्परा अनुसार जनै लगाउछन। जनैलाई संस्कृतमा “यज्ञोपवित” अर्थात यज्ञ गरेर पवित्र बनाइएको मान्यता हाे । मानिस लाई सत्कर्मको प्रेरणा, शुद्ध चरित्र, अनुशासन, निष्ठा, कठिन कर्तव्य पालनाका लागि महत्व दिएकाे छ। जनै नियमित नलगाउनेहरु पनी पितृ- मातृ श्राद्व, तथा बैज्ञानिक स्मरण जन्म देखि मृत्यु जस्ता संस्कारकाे बैज्ञानिक मूल्य मान्यता जाेगाउन महत्वपूर्ण संस्कृतिक मान्यता महत्वपुर्ण मानिन्छ।
२. सांस्कृतिक र बैज्ञानिक मूल्य र मान्यताहरु: जिउमा फाल्तु धागो किन लगाउने ? धागो लगाउँदा के पाइन्छ ? ज–जसलाई जनै अल्झन मात्र लाग्छ, तिनलाई कि यज्ञोपबित थाहा छैन, कि त उनीहरू यसलाई काँचो धागो मात्र ठान्छन् । बैज्ञानिक दृष्टिले पबित्र र स्मरणकाे लागि जन्म- मृत्यू संस्कार लाई स्विकार गरिएकाे हाे। यसले बैज्ञानिक रुपमा अध्यताहरुले यस लाई सत्कर्मको प्रेरणा, शुद्ध चरित्र, अनुशासन, निष्ठा, कठिन कर्तव्यपालनका लागि सामार्थ्य प्राप्त गर्ने खाेज गरिरहेका छन। हाम्रा कतिपय चाड पर्व र सांस्कृतिक धराेहर अाफैमा बैज्ञानिक छन। संस्कार र पर्व तथा चाडले मानबतताबादी संस्कार र मानबिय सम्बन्ध लाई अनुसाहित भएर जाेडिदिएकाे अध्ययनले बताउदछ। जस्तै: जनैलाई शौचका समयमा दाहिने कानमा बेर्दा मलमूत्रको स्पर्श नहोस् भन्ने बैज्ञानिक मर्म हाे । चिकित्सा विज्ञानलाई उद्धृत गर्दै कानकाे नसाको सिधा सम्पर्क अण्डकोषसँग हुने पनी बताउँछन् । नेपाली समाजमा बिवाह गर्न याेग्यताका लागि व्रतबन्धका विधि पूरा गरिन्छ । त्यस दिनदेखि ६ डोराका जनै लगाउने गरिन्छ । जनै कम्मरभन्दा मुनि जानु भन्ने कुरा सरसफाई र चाेखापनका दृष्टिले बैज्ञानिकता छ। जनै ६ महिनामा फेर्ने भनियपनी नेपालमा चाहिं सुतकबाट चोखिएपछि, मरणको आशौचपछि अथवा चार महिना पुगेपछि जनै फेर्ने मान्यता देखिन्छ । प्राचीनकालमा ७–८ वर्ष पुगेका बालकलाई जनै लगाइदिएर गुरुकहाँ पढ्न पठाउने चलन थियो । गुरुले बालकका प्रज्ञाचक्षु खोलिदिन्थे । मानिस जन्मँदा ज्ञान चेत हुदैन। जब संस्कारहरू बाट शिक्षा प्राप्त गरि अनुसाशित बनाउने बैैज्ञानिकता हाे। पूर्णिमा जनैपूर्णिमा लाई ब्राह्मणको, दसैंलाई क्षत्रियको र तिहारलाई वैश्यको पर्व भनेर वर्गीकृत गरेको भए पनि सबै वर्गका सनातनीले तिहारलाई सर्वाधिक महत्त्व दिइरहेका छन। आज हाम्रा चाड पर्वहरु या त रुढीबादी परम्पराको रुपमा कर्मकाण्डीय भएर गएका छन् या आजको उपभोक्ताबादी, भूमण्डलीकृत पूँजीवादी बजारबादको शिकार भएर किनारा लागेका छन् । त्यसैले चाडपर्वहरुको बस्तुगत ऐतिहासिकता र महत्व आजको परिवर्तित स्थितिमा तिनलाई फराकिलो र सही अर्थमा ग्रहण गर्न सकेमा मात्र रहने छ ।
३.रक्षा, सुरक्षा र ज्ञानको मूल्य मान्यता जिउमा फाल्तु धागो किन लगाउने ? धागो लगाउँदा के पाइन्छ ? ज–जसलाई जनै अल्झन मात्र लाग्छ, तिनलाई कि यज्ञोपवितको महत्त्व थाहा छैन, कि त उनीहरू यसलाई काँचो धागो मात्र ठान्छन् ।जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ, जसको अर्थ हुन्छ यज्ञ गरेर पवित्र बनाइएको । जनैको महत्त्व वेद, उपनिषद्, पारस्करगृह्यसूत्र, स्मृतिहरू सबैतिर उल्लेख भएको पाइन्छ । जनै कति दिनमा विसर्जन गर्ने भन्ने विषयमा पनि स्मृतिकारबीच मतऐक्यता छैन। जनै ६ महिनामा फेर्ने भनियपनी नेपालमा चाहिं सुतकबाट चोखिएपछि, मरणको आशौचपछि अथवा चार महिना पुगेपछि जनै फेर्ने मान्यता देखिन्छ । यसै दिन सिद्धार्थ गौतमले काम शक्तिमाथि विजय प्राप्त गरेको स्मरण गर्दै यस दिन बौद्ध धर्मावलम्वीहरूले पनि पवित्र तिर्थहरूमा गइ मेला भर्ने गर्दछन् । यस दिन शैलुङ, कालिञ्चोक, हलेसी, नगरकोट लगायतका पर्वतीय शिखरहरूमा समेत मेला लाग्ने गर्दछ । बैज्ञानिक परम्परानुसार यस दिन नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन पनि छ । यसरी तयार गरिएको क्वाँटी खानाले बैज्ञानिक दृष्टिले हरिरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने बिश्वास गरिन्छ । नेवार समुदायमा आजको दिनलाई गुन्हु–पुन्ही भनी मनाइने परम्परा छ । विभिन्न प्रकारको स्वर निकालेर वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने ठानिएको भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी ‘घण्टासुर’लाई बाटो भुलाई धापमा जाकिदिएको हुनाले जनै पूर्णिमा कै दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन छ । सबैको कल्याण गर्ने समाज निर्माणमा लाग्ने यसको अन्तरनिहीत कुरा हो । तर आज हाम्रा चाड पर्वहरु या त रुढीबादी परम्पराकोरुपमा कर्मकाण्डीय भएर गएका छन् या आजको उपभोक्ताबादी, भूमण्डलीकृत पूँजीवादी बजारबादको शिकार भएर किनारा लागेका छन् । त्यसैले चाडपर्वहरुको बस्तुगत ऐतिहासिकता र महत्व आजको परिवर्तित संघिय नेपालकाे स्थितिमा तिनलाई फराकिलो र सही अर्थमा ग्रहण गर्न सकेमा मात्र रहने छ ।





