पर्वत,९ भदौ – केहि वर्ष पहिला सरकारी बिद्यालयमा अन्य बिषय जस्तै पढाई हुने संस्कृत विषयको पढाई लोप हुदै गैरहेको अवस्थामा पर्वतको एक प्राइभेट विद्यालयले त्यसको बचाउ गर्न थालेको छ
पछिल्लो समयमा आधुनिकताले धकेलेको हाम्रो समाजमा यसरी संस्कृत बिषयलाई महत्वमा राखेर एउटा निजि बिद्यालयमा संस्कृत भाषाको पढाई हुदा बिद्यालयमा अध्ययनरत बिद्यार्थीमा पनि उत्साह थपिएको छ ।
संस्कृत विद्यापिठ या आश्रममा मात्र पढाई हुने यो बिषयलाई पर्बत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ९ कटुबाचौपारि स्थित आईबल एकेडेमी बोर्डिङ स्कुलले अन्य बिषय जस्तै गरी पढाउन थालेको हो । नीजि बिद्यालयमा अंग्रेजी भाषामा मात्रै पढाई हुने सन्दर्भमा उक्त बिद्यालयले भने लोप हुन लागेको संस्कृत विषयलाई अनिवार्य विषयको रुपमा पठनपाठन गराउन थालेको हो । मौलिक भाषा र संस्कृती जगेर्ना गर्ने उदेश्यकासाथ विद्यालयले कक्षा ४ देखि ८ सम्मको पाठ्यक्रममा संस्कृत विषय राखेर पढाउन थालेको छ । बिद्यालयले यसै शैक्षिक सत्रदेखि संस्कृत भाषामा पठनपाठन शुरु गर्न लागेको प्रिन्सीपल बिमल पौडेलले बताए । पौडेलले बोर्डिङ भन्नेवित्तीकै अंग्रेजी मात्र ठान्ने भन्दै पाश्चात्य भाषासंगै संस्कृत भाषाको जानकारी जरुरी ठानेर यसको पढाई सुरु गरेको बताए । विद्यालयले कक्षा ८ सम्म संस्कृत विषय अनिवार्य गराउने बताएको छ । कक्षा ४ देखि ८ सम्म स्थानिय पाठ्यक्रमको रुपमा र ९ र १० लाई अतिरिक्तm कक्षाको रुपमा अगाडि बनाउने सोच लिएको बताउँदै संस्कृत पढाउन पाउँदा गर्व लागेको बताए । अंग्रेजी, नेपालीसंगै सस्कृत समेत पढ्न पाएकोमा विद्यार्थी खुसी छन । संस्कृत पढ्न रमाइलो लाग्ने गरेको कक्षा ४ कि छात्रा स्मृति लामिछानेले बताईन । उनले कक्षा १ देखिनै बोर्डिङमै पढ्दै आएको र संस्कृतको बिषयमा आफुलाई केहि पनि ज्ञान नभएको समयमा बिद्यालयले संस्कृत पढाई शुरु गरेकोमा खुसि लागेको बताईन ।
उनले पढाई शुरु भएको धेरै समय नभएपनि संस्कृतको पिरियडमा संस्कृतमै कुराकानी गर्दै आउने गरेको उनले यसरी सुनाईन । विद्यार्थीको सजिलोका लागि विद्यालयले संस्कृतको नेपाली र अंग्रेजी अर्थसहित पुस्तक पढाउन थालेको छ । यसले विद्यार्थीलाई बुझन सजिलो भएको र उनीहरु आफैं पनि धेरै सिक्न सहज हुने प्रिन्सीपल पौडेलले जानकारी दिए । कक्षा ७ मा अध्ययनरत छात्र सृजन पौडेलले संस्कृत शिक्षाले अनुशासन र नैतिकताको पाठ समेत सिकाउन थालेको बताए । शुरुमा पढ्न र बुझ्न निकै असजिलो लागेपनि पछिल्लो समय सजिलो लाग्न थालेको उनको भनाई छ । संस्कृत पढन थालेपछि विद्यार्थीको व्यबहारमा सकारात्मक परिवर्तन देखिन थालेको संस्कृत शिक्षक भगवान आचार्यले बताए ।





