शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हिरासतबाट प्रशासन पुगेर आत्मसमर्पण गरे विप्लवका नेताले

हिरासतबाट प्रशासन पुगेर आत्मसमर्पण गरे विप्लवका नेताले

कुँवरलाई ढोरपाटनको एनसेल टावर आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। 


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०७६, बिहिबार

बागलुङ, १२ भदौ – सरकारबाट प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थानीय नेता हरी कुवरले प्रशासन समक्ष आत्म समर्पण गरेका छन्। २६ दिनदेखि हिरासतमा रहेका कुवरले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, प्रहरी प्रमुख एसपी नबराज भट्ट, सशस्त्र प्रहरी बासुदेव पौडेल लगायतका सुरक्षा निकाय प्रमुख, नागरिक समाज, पत्रकारहरुको रोहवरमा आत्मसमर्पण गरेका हुन्।
कुँवरलाई ढोरपाटनको एनसेल टावर आक्रमण लगत्तै संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। प्रशासन कार्यालयमा कुवरले अब स्वतन्त्र नागरिकको हैसियतमा रहने बताए। ‘विप्लव नेतृत्वको नेकपा परित्याग गरेको छु,’ कुवरले भने, ‘अब विप्लवको कुनै पनि गतिविधिमा संलग्न हुने छैन, नेपालको संविधान र प्रचलित नियम कानुन पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
ढोरपाटन नगरपालिका १ स्थायी घर भएका कुवरले बुर्तिबाङ बजारमा फार्मेसी व्यवसाय गर्दै आएका थिए। राष्ट्रिय जनमोर्चाबाट राजनीतिक यात्रा थालेका कुवर नेकपा माओवादी, वैद्य नेतृत्वको माओवादी हुँदै विप्लव समूहमा आवद्ध भएका थिए। सरकारले विध्वसंकारी गतिविधिमा सम्लग्न रहेको भन्दै नेकपालाई प्रतिबन्ध लगाएपछि जिल्लामा प्रहरीले विप्लव नेता र तिनका गतिविधिमा निगरानी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->