बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखामा प्रहरीको ट्राफिक सचेतनामूलक कार्यक्रम

गोरखामा प्रहरीको ट्राफिक सचेतनामूलक कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०७६, आइतबार

गोरखा,१९ साउन – जिल्ला प्रहरी कार्यालय गोरखा र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको आयोजनामा शनिबार सडक सभ्यता अभिवृद्धि एंव सवारी दुर्घटना न्यूनीकरणमा समुदाय प्रहरी साझेदारी सम्बन्धी ‘ट्राफिक प्रहरी तथा सरोकारवाला निकायहरुको एक दिवसीय सचेतनामूलक सम्मेलन सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले नेपाल प्रहरी न्यून श्रोत साधनका बाबजुत पनि प्रहरी सेवा प्रवाहमा अत्यन्तै संवेदनशिल भई कार्य सम्पादन गरिरहेको दावी गर्दै नेपाल प्रहरीले पहिरिएको निलो बर्दीप्रति आम जनताको पूर्ण आशा, विश्वास र भरोसा रहेको जिकिर गरे । उनले प्रहरी सत्य र निष्ठा पूर्वक जनलक्षित प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध रहेको बताए ।
साथै समुदाय प्रहरी साझेदारी अभियान बारे बोल्दै उनले उक्त अवधारणाले ट्राफिक व्यवस्थापन साथै सवारी दुर्घटना न्यूनीकरणलाई मुख्य रुपमा सम्बोधन गर्ने भएकाले जिल्लामा दैनिक रुपमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमहरु गरिने जानकारी दिए । ट्राफिक समस्या समाधानका लागि सबै यातयात व्यवसायिहरु, चालक तथा परिचालक लगायत सम्पुर्ण सरोकारवाला निकायहरु आपसि समझदारी र सहकार्य गर्दै अगाडी बढ्नुको विकल्प नरहेको उनको भनाई थियो ।
कार्यक्रममा अध्यक्ष तथा गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले दिन प्रतिदिन बढिरहेको ट्राफिक व्यवस्थापनको समस्या र सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रहरी कटिबद्ध रहेको बताए । कार्यक्रममा यातायात क्षेत्र सम्बद्ध मजदुर, चालक, परिचालक लगायत उपस्थित सहभागिहरुलाई सडक सभ्यता अभिवृद्धि एंव सवारी दुर्घटना न्यूनीकरण साथै ट्राफिक नियम सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->