शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोउवा द्वारा खेलकुद मन्त्री विश्वकर्माको स्वागत

पोउवा द्वारा खेलकुद मन्त्री विश्वकर्माको स्वागत


  • Dhorpatan News
  • भाद्र १८ २०७६, बुधबार

पोखरा,१८ भदौ – युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुद तथा पर्यटन क्षेत्रलाई अन्तर्रा्ष्ट्रिय संचार माध्यममा लैजान विभिन्न अन्तर्रा्ष्ट्रिय स्तरका इभेन्टहरु गर्नुपर्ने बताए । खेल विधा र भौगोलिक अवस्थाको अनुगमनवाट सुक्ष्म रुपमा संयुक्त लगानी गरेमा आन्तरिक एवं वाहिय पर्यटकहरुको स्वास्थ्य संरक्षण गर्नुका साथै आर्थिक रुपमा पनी मुनाफा लिन सकिने उनले वताए । मन्त्री विश्वकर्मा पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै थिए । २०७६ मंसीर १५ गतेदेखि २४ गते सम्म आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पोखरामा केही खेलहरु हुने जानकारी गराउंदै पोखरा रंगशालामा धेरै खेल विधाका पूर्वाधारहरु तयार हुंदै गरेको, आफ्नो तर्फवाट नेपाल भ्रमण वर्ष २०२० लाई प्रोत्साहन गर्ने र २०७६ आश्विन २९ गते पोखरामा हुने अन्तर्रा्ष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड–२०१९ का लागि सक्दो सहयोग गरी नेपाल चीन विचको सम्वन्धलाई प्रगाढ वनाउन पहल गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संघको गतिविधि वारेमा जानकारी गराएका थिए । संघका निवर्तमान अध्यक्ष विश्व शंकर पालिखेले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघको संयुक्त आयोजनामा पोखरा अन्तर्रा्ष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड–२०१९ को वारेमा जानकारी गराएका थिए । चिनिया राजदूतको समेत उपस्थिती रहने सो दौड ४२ कि.मि. को लम्वाईमा घोडाको आकारमा रहेको र दौड तथा साइक्लिङ्ग फेवाताल वराहघाट— छोरेपाटन— फुर्सेखोला— मट्टिखान— सालमेडांडा— कुबिन्डे— ढावा— शान्तिस्तुपा फेवाताल हुंदै सम्पन्न हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->