शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भरतपुर आएर प्रचण्डले भने-हामी एक्सनमा जान चाहान्छौ ।

भरतपुर आएर प्रचण्डले भने-हामी एक्सनमा जान चाहान्छौ ।

‘यदि देशले विकासको गति लिएन भने जनतामा बेचैनी बढ्ने खतरा देखिएको छ’


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७६, बुधबार

भरतपुर, १८ भदौ  – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासमा आफूहरु द्रुत गतिमा अघि बढ्न चाहेको बताएका छन्। चितवनमा बुधबार आयोजित ‘भरतपुर विमानस्थल विकास एवं सुधार’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु एक्सनमा जान चाहेको बताएका हुन्।
‘हामीले जे गरेका छौं चाहे त्यो रिङ रोडको कुरा होस्, चाहे नारायणीमा जहाज चलाउने कुरा होस्, चाहे राष्ट्रिय निकुन्जभित्रका संरचनाको कुरो होस्, चाहे केरुङदेखि ठोरीसम्मको बाटो विस्तारको कुरा होस्, चाहे रेलवे ल्याउने कुरा होस् सबै काम विकासका नै छन्,’ प्रचण्डले भने, ‘म फेरि पनि भन्छु हामी एक्सनमा जान चाहेका छौं।’
जनताले छिटोभन्दा छिटो देशले विकासको गति लेओस् भन्ने चाहेको समेत उनले प्रष्ट पारे। ‘यदि देशले विकासको गति लिएन भने जनतामा बेचैनी बढ्ने खतरा देखिएको छ,’ प्रचण्डले भने। ‘भरतपुर विमानस्थल विकास एवं सुधार’ विषयक उक्त अन्तक्रिया कार्यक्रममा प्रचण्डसहित प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेल, पर्यटनमन्त्री योगेश भट्टराई, भरतपुर नगरपालिकाकी मेयर रेणु दाहाललगायतका सहभागी थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->