शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कार्यशैली परिवर्तन गर्न कर्मचारीलाई मुख्यमन्त्री गुरुङको निर्देशन

कार्यशैली परिवर्तन गर्न कर्मचारीलाई मुख्यमन्त्री गुरुङको निर्देशन

स्टाफ कलेजसंगको सहकार्यमा कर्मचारीको संरचना हेरफेर गर्ने विषयमा पनि प्रदेशले छलफल चलाइरहेको उनले दोहो¥याए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७६, बुधबार

पोखरा,१८ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यशैली र पुरानो मानसिकता त्याग्न कर्मचारीलाई निर्देशन दिएका छन । प्रदेश मातहतमा रहेका ११ वटै जिल्लाका बिभिन्न कार्यालयका प्रमुखहरुलाई पोखरामा भेला गराएर मुख्यमन्त्री गुरुङले विगतको कार्यशैली र मानसिकताले समृद्धिको लक्ष्य असंभव रहेको भन्दै परिवर्तन हुन सवैलाई निर्देशन दिए ।
देशमा ठुला‐ठुला परिवर्तन भए पनि कर्मचारीतन्त्र र सुरक्षा निकाय पञ्चायतकालिन ढाचामा चलिरहेको भन्दै यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । मुख्यमन्त्री गुरुङले समान्तबादी सोचाई अझै कर्मचारीतन्त्रमा रहेको बताउदै यो मानसिकता परिवर्तन आवश्यक रहेको जिकिर गरे । ‘अझै पनि हाकिमहरुलाई मालिक मान्नुपर्ने अवस्था कर्मचारीतन्त्रमा छ’ उनले भने ‘चेन अफ कमाण्ड अब काममा खोज्नुपर्छ अरु कुरामा होइन ।’ कर्मचारीतन्त्र अझै नतिजा भन्दा प्रक्रियामुखी भैरहेको बताउदै यसले गर्दा जनताले सास्ती पाउने क्रम नरोकिएको उनको भनाई छ । ‘हामी नतिजा हेर्दैनौ विधि र प्रक्रिया मात्र हेरछौ’ उनले थपे ‘जनतालाई सुख दिनका लागि एउटा सरकारको ठाउमा ७ सय ६१ वटा सरकार बनायौ तर कर्मचारीको काम गर्ने शैली उस्तै छ ।’ स्टाफ कलेजसंगको सहकार्यमा कर्मचारीको संरचना हेरफेर गर्ने विषयमा पनि प्रदेशले छलफल चलाइरहेको उनले दोहो¥याए ।
भ्रष्टाचारमा ममिलामा प्रदेश सरकार कठोर ढंगले प्रस्तुत हुने संकेत पनि मुख्यमन्त्री गुरुङले गरे । गण्डकी प्रदेशका कर्मचारी विभिन्न काण्डमा अख्तियारको फन्दामा पर्दा आफुलाई आश्यर्च लागेको बताउदै यस्तो सह्य नहुने बताए । ‘मलाई लाग्थ्यो मेरो प्रदेशका कर्मचारीमा भ्रष्टाचार काण्डमा मुछिएका छैनन’ मुख्यमन्त्रीले भने ‘तर पछिल्लो समयमा खानेपानीको हाकिम, स्वास्थ्य कार्यलाय कर्मचारी अख्तियारले रंगेहात समातिए भन्ने खबर सुन्नुप¥यो, टाउकोमा हिंउको डल्लो बज्रिएजस्तै भयो, यस्तालाई अब अख्यितार भन्दा पहिले प्रदेशले कारवाही गर्छ ।’ मुख्यमन्त्री गुरुङले जनशक्ति र स्रोत साधनको कमी हुन नदिने समेत बताए । अन्य प्रदेशको भन्दा कुनै सेवा सुविधा कमी हुन नदिने भन्दै मुख्यमन्त्री गुरुङले जनतालाई सेवा दिन कुरामा कर्मचारी कञ्जुस्याई गर्न नहुने बताए । उनले कर्मचारीको क्षमता बृद्धिका लागि आधुनिक प्रविधियुक्त तालिमको व्यवास्था गरिने बताए ।
यसपटक प्रदेशले ९५ प्रतिशत बजेट कार्यन्वयनको लक्ष्य राखेको स्मरण गराउदै मुख्यमन्त्री गुरुङ त्यसका लागि सवै मन्त्रालयले जेठ मसान्तसम्मको कार्ययोजना बनाएको सुनाए । सोही कार्ययोजनाको आधारमा कर्मचारीलाई काममा लाग्न उनले निर्देशन समेत दिए । कार्यक्रममा आर्थिक ममिला तथा योजना मन्त्री किरण गुरुङले चालु आर्थिक बर्षमा जेठ मसान्तसम्म मात्र विकास निर्माण गरिने भएकोले सोही अनुसार काममा लाग्न निर्देशन दिए । उनले असारे बजेटको वेथिति हटाउन आफुहरु लागिपरेको भन्दै यसमा सोही अनुसार विकास निर्माणको काम गराउन समेत निर्देशन दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->