शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मेयर सञ्जाल कार्यक्रममा प्रवक्ता नेपाली सहभागी

मेयर सञ्जाल कार्यक्रममा प्रवक्ता नेपाली सहभागी


  • Dhorpatan News
  • भाद्र २० २०७६, शुक्रबार

पोखरा, २० भदौ – नेपाल मेयर सञ्जालको चौंथो कार्यक्रम शुक्रबारदेखि जनकपुरमा सुरु भएको छ । नेपाल डेमोक्रेटिक इन्स्टिच्युट(एनडिआइ) को आयोजामा २ दिन सम्म हुने कार्यक्रममा पोखरा महानगरपालिकाको तर्फबाट वडा नम्बर ५ का अध्यक्ष तथा महानगरका प्रवक्ता धनबहादुर नेपालीसहित ३ जना सहभागी छन् । पोखरा महानगरपालिकाका प्रवक्ता नेपालीसहित वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले र अधिकृत सविना गौतम कार्यक्रममा सहभागी भएको महानगरपालिकाले जनाएको छ ।
शनिबार सम्म चल्ने कार्यक्रममा विज्ञ परामर्श, स्थलगत भ्रमणको माध्यमबाट एक अर्काका नीतिगत दृष्टिकोण र सफलताहरुको सिकाइको आदानप्रदान तथा छलफल गरिने प्रवक्ता नेपालीले जानकारी दिए । पोखरा महानगरका मेयर मानबहादुर जिसी कार्बन फोरम कार्यक्रममा सहभागी हुन गत भदौ १७ गते कोरिया गएकाले नेपालीको नेतृच्वमा पोखराको टोली कार्यक्रममा सहभागी भएको हो । कार्यक्रममा पोखरासहित ललितपुर, विराटनगर, भरतपुर, वीरगंज, धनगढी, नेपालगञ्ज, जनपकुर, हेटौंडा र घोराही लगायतका महानगर, उपनमहानगर र नगरपालिकाको सहभागिता छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->