पोखरा,२२ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको नीति, योजना र कानूनको सफल कार्यन्वयन गराउन निजामति कर्मचारीको महत्वपूर्ण भूमिका हुने बताएका छन । निजामति कर्मचारी दिवसको अवसर पारेर शनिबार शुभकामना सन्देश जारीगर्दै मुख्यमन्त्री गुरुङले संघीयताको सफल कार्यान्वयन गर्न र सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न समेत यो क्षेत्रको महत्वपुर्ण भूमिका हुने बताएका छन । ‘नेपाली जनताको आकांंक्षा बमोजिम शुसासन र विकासको लक्ष्य हासिल गर्न दृढ राजनितिक इच्छाशक्ति भएको राजनितिक नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, सुचना र प्रविधिको अधिकतम उपयोग गर्न सक्षम प्रशासन अपरिहार्य छ’ शुभकामना सन्देशमा भनिएको छ । मुख्यमन्त्री गुरुङले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामति सेवा निर्माणमा लाग्न सवैलाई सवै निजामति कर्मचारीमा आग्रह समेत गरेका छन । सक्षम निजामति प्रशासन, विकास समृद्धि र सुशासन भन्ने नारा सहित निजामति दिवस आइतबार विभिन्न कार्यक्रम गरि मनाइदैछ ।





