पोखरा,२२ भदौ – जुवा तास खेलिरहेको अवस्थामा फरक फरक स्थानबाट नगद सहित पच्चीस जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका ३२ गगनगौडा स्थित जंग बहादुर पुनको घरमा जुवा खेलीरहेका १९ जनालाइ पक्राउ गरेको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट १ लाख ६ हजार ७ सय ४८ नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । त्यसैगरी पोखरामहानगरपालिका ९ को प्रगतिमार्ग स्थित चन्दबहादुर गुरुङको घरमा तास खेलिरहेका गुरुङ सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई १ लाख ६६ हजार २ सय ९५ रुपैयाँ सहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजकुमार केसिले जानकारी दिए । उनिहरुलाइ जुवा मुद्दामा म्याद थप अनुमति लिइ थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक केसिले जानकारी दिए ।





