शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बेनी–जोमसोम सडक अझै खुलेन : यात्रुलाई सास्ती

बेनी–जोमसोम सडक अझै खुलेन : यात्रुलाई सास्ती


  • ध्रुबसागर शर्मा
  • भाद्र २५ २०७६, बुधबार

म्याग्दी, २५ भदौ – गत आइतवारदेखि अवरुद्ध हिमालपारीको जिल्ला मुस्ताङलाई राष्टिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन संचालन हुन सकेका छैनन् ।
सडकमा तीन दिनदेखि सिधा सवारी अबरुद्ध बनेको छ । सडक खण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो ।
पहिरोले सडकको करिब १० मिटर सडकको आधार नै भत्काएकाले भिरमा बिष्फोटक पदार्थको प्रयोग गरि नयाँ ट्याक निर्माणको तयारी गरिएको छ । डोजरको सहायताले मात्रै ट्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउने तयारी गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रमान शेरचनले जानकरी दिए ।
उनका अनुसार भत्किएको सडक मर्मतको काम भैरहेको छ । यात्रुहरुले बिच सडकमा सवारी परिवर्तन गर्नुपर्ने बाध्यता आएको छ । मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटकहरु, तिर्थयात्री र सर्वसाधारणले सास्ती भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->