शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

असोज ५ गतेदेखि दसैंको टिकट

असोज ५ गतेदेखि दसैंको टिकट


  • Dhorpatan News
  • भाद्र २६ २०७६, बिहिबार

काठमाडौं, २६ भदौ – दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा बिहीबार बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन। दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ। विभागका महानिर्देशक गोगनबहादुर हमालले दसैँतिहारसम्म पुरानै भाडा रहनेगरी यातायात व्यवसायीसँग सहमति भएको जानकारी दिए। त्यसपछि वैज्ञानिक भाडाादर निर्धारण गरी लागू गरिने हमालले बताए।
‘व्यवसायीहरुले मुख्यतः सडक सुधार र सहजीकरणका लागि आग्रह गर्नुभयो, त्यसमा विभागले सहजीकरण गर्नेछ’ हमालले भने ‘३/४ महिनापछि वैज्ञानिक भाडादर निर्धारण गरी सोअनुरुप लागू गर्न विभाग प्रतिबद्ध छ।’ वैज्ञानिक भाडा निर्धारणका लागि बजेट छुट्याइसकिएको उनले जानकारी दिए।
विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने उनले जानकारी दिए। त्यस्तै विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रिय यातायात व्यवस्थापन अनुगमन समिति गठन हुने भएको छ। सो समितिले टिकटमा हुन सक्ने कालोबजारी अनुगमन गर्नेछ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडक सुधारका लागि आग्रह गरे। ‘समयमै यात्रुलाई गन्तव्यमा पुर्याउनु हाम्रो जिम्मेवारी हो, तर सडकको दूरावस्था सुधार्नुपर्छ, सडकको दूरावस्थाकै कारण यात्रुले सास्ती पाउनुपर्ने अवस्था नहोस्’ सिटौलाले भने।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->