शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मोटो रकम सहित जुवाडे पक्राउ

मोटो रकम सहित जुवाडे पक्राउ


  • राजन पौडेल
  • भाद्र २६ २०७६, बिहिबार

पर्वत, २६भदौ -पर्वतको कुश्मा नगरपालिका वाड नं.९ कटुवा चौपारीमा दुई लाख सत्र हजार दुई सय रुपैँया सहित जुवाडे पक्राऊ परेका छन् ।सोहि स्थानमा बस्ने वर्ष ७२ की लक्ष्मी श्रेष्ठको घर कोठा भित्र हार जित हुनेगरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतवाट प्रहरीनिरीक्षक राजन रायमाझीको कमाण्डमा खटिएको प्रहरीको बिशेष टोलिले चार जना जुवाडेलाई बुधवार पक्राउ गरेको हो । उनिहरुको साथ बाट रू २ लाख १७हजार २ सय सहित १ बुक तास र जुवा खेल्न प्रयोग गरिएको गलैचा थान( १ सहित पक्राउ गरेको प्रहरीले जानाकारी दिएको छ ।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नं ९ बस्ने वर्ष ३७ को दिनेश ढकाल,सोहि ठाउँका वर्ष ३५ को नवराज अधिकारी, सल्यान जिल्ला शारदा नगरपालिका वडा नं ६ घर भई हाल पर्वतको कुश्मा नगरपालिका वाड नं. ९ बस्ने वर्ष ३८ को उमाभक्त वस्नेत, पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं ३ शंकरपोखरी वस्ने वर्ष ५० को राम प्रसाद तिवारी साथै जुवा खालमै रहेका जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं ९ ज्ञ्यादी वस्ने अन्दाजी वर्ष ३७ र ३८ को मदन शर्मा भन्ने रुद्र शर्मा पौडेल भागी फरार रहेको र निजको खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तीहरुलाई बिहिवार जुवा खेल्न वा सट्टावाजी गर्ननहुने कसुर अन्तरगत मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतवाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->