शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

देशका धेरै ठाउँमा मौसम बदली, कहाँ कस्ताे हाेला वर्षा ?

देशका धेरै ठाउँमा मौसम बदली, कहाँ कस्ताे हाेला वर्षा ?


  • Dhorpatan News
  • भाद्र २८ २०७६, शनिबार

पोखरा, २८ भदौ-केही दिनदेखि देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। महाशाखाका अनुसार अहिले (शनिबार बिहान) देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ भने थोरै स्थानमा हल्का वर्षासमेत भइरहेको छ।
दिउँसो पनि दशेभरि सामान्य बदली भई केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको मौसविद् विभूति पोखरेलले बताइन्। देशका केही दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उनले जानकारी दिइन्। ‘विशेषगरी अपराह्नपछि मौसम सक्रिय हुने देखिन्छ,’ उनले भनिन्।
पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ‘त्यसैले पहिरोको जोखिम हुन सक्छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘तराई क्षेत्रका पनि एक/दुई ठाउँमा भारी वर्षा हुने सम्भावना छ।’ यस्तै अहिले काठमाडौं, पोखरा उपत्यकाको पनि मौसम बदली भएको छ। अपराह्नतिर यहाँ पनि वर्षा हुने सम्भावना छ। ‘आइसुलेटेड (खण्ड खण्ड) ठूलै पानी पर्ने सम्भावना पनि छ,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->