शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आचार्य दम्पतिविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आचार्य दम्पतिविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७६, मंगलबार

म्याग्दी,३१ भदौ –  स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत हेल्थ असिष्टेण्ट भरत आचार्य र सोही कार्यालयकी अनमी राधिकादेवी शर्मा आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राज्यकोषबाट दुरुपयोग र हिनाबिना गरेको छ लाख ५८ हजार ५१३ रुपैयाँ बिगो असुल उपर र कानुन अनुसार सजायको माग दावीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाद्बारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरू दम्पत्ति हुन् । आर्थिक वर्ष २०७५र०७६ मा संचालित विभिन्न कार्यक्रम गर्न लिएको पेश्की फर्ट गर्न फर्जी बिलभरपाई पेश गरी राज्य कोषबाट दुरुपयोग र हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो ।
उनीहरूविरुद्ध नक्कली बिल भरपाई पेश गरी पेश्कि फस््र्यौट गर्न दवाव दिएको, कार्यादेशअनुसार कार्यक्रम सञ्चालन नभएको तथा असम्बन्धित व्यक्तिहरूलाई दैनिक भ्रमणभत्ता बितरण, गैरकानुनी लाभदिई सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको उजुरी परेको थियो । शर्माले लिएको चार लाख रुपैयाँ पेश्कीमध्ये एक लाख ६९ हजार ७०३ रुपैयाँ खर्च गरी बाँकी दुई लाख तीस हजार २९७ रुपैयाँ दुरुपयोग गरेको अनुसन्धानका क्रममा प्रुष्टी भएको आयोगले जनाएको छ । अर्का आरोपी आचार्यले सञ्चालन गरेका समुदायमा आधारित एकीकृत शिशु तथा बाल स्वास्थ्य व्यवस्थापन कार्यक्रम तथा विषादीरहित खाद्य सुरक्षा तथा पोषणसम्बन्धी दुई वटा कार्यक्रम सञ्चालन गर्न नौलाख रुपैयाँ पेश्की लगेका थिए । जसमध्ये चार लाख ७१ हजार ७८३ रुपैयाँ विभिन्न शीर्षकमा खर्च गरी चार लाख २८ हजार २१६ रुपैयाँ दुरुपयोग गरेको तथ्य अख्तियारको अनुसन्धानबाट पुष्टि भएको छ । उनीहरूलाई भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय गर्न र हिनामिना हानी नोक्सानी भएको बिगो निज प्रतिवादीहरूबाट असुल उपर गर्न मागदावीसहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । उनीहरूले विद्यालयको कक्षा कोठामा ब्यानर टाँसेर कार्यक्रम गरेको प्रतिवेदन बनाएको, पर्ने भन्दा बढी मूल्यको अस्वाभाविक बिल, भरपाई बनाएको, अन्य कामको शिलशिलामा उपस्थित भएकाको हाजिरी उठाएर कार्यक्रम गरेको प्रतिबेदन बनाई बजेट दुरुपयोग गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->