आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ मालपोत कार्यालयमा प्रभुको एक्स्टेन्सन काउन्टर

बागलुङ मालपोत कार्यालयमा प्रभुको एक्स्टेन्सन काउन्टर


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७६, बुधबार

बागलुङ, १ असोज – मालपोत कार्यालय बागलुङमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर स्थपना गरेको छ । मालपोत कार्यालय आउने सेवाग्रहीलाई छिटो, छरितो र सरल तरिकाले सेवा प्रवाह गर्ने उद्देश्यले प्रभु बैंक बागलुङ शाखाले आफ्नो एक्स्टेन्सन काउण्टरको स्थापना गरेको हो । उद्घाटन कार्यक्रममा बोल्दै मालपोत कार्यालय बागलुङका प्रमुख विष्णु प्रसाद शर्माले काउण्टरको स्थापन भए संगै सेवा लिन आउने सेवाग्रहीको समय बचत हुनुको साथै कार्यालय भित्र नगदी कारबारी गर्दा हुने झन्झटको अन्त्य हुने बताए । कार्यक्रमका कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख केशव राज ढकालले कार्यसफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रभु बैंकले आफ्नो एक्स्टेन्सन काउण्टर मालपोत कार्यालयमा संचालन गरे संगै कार्यालय भित्र हुने नगदि कारोवार बैंकिङ प्रणाली मार्फत गरिनेछ । प्रभु बैंकले बागलुङको मालपोत कार्यालयमा काउण्टरको स्थापना गरेसंगै देशभरी विभिन्न कार्यालयमा ३१ वटा काउण्टरको स्थपना गरेको प्रभु बैंक बागलुङका शाखा प्रबन्धक अर्जुन शर्माले जानकारी गराए । मालपोत कार्यालय संगै यातायात कार्यालय र जिल्ला प्रशासन कार्यालय बागलुङमा समेत एक्स्टेन्सन काउण्टरको स्थापन गर्ने लक्ष्य रहको शर्माले बताए । बैंकको बागलुङ जिल्ला भरीमा ८ वटा शाखा रहको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->