आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जुवा खेल्ने  १० पक्राउ

जुवा खेल्ने  १० पक्राउ


  • Dhorpatan News
  • असोज २ २०७६, बिहिबार

पोखरा, २ असोज – पोखरा २९  भण्डारढिकमा जुवाको खाल सहित दस जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । बलबहादुर गुरुङको घरमा अवैध रुपमा जुवा खेलाइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा नगद सहित दस जनालाइ पक्राउ गरेको हो । उनिहरुको साथ बाट नगद ५६ हजार ९ सय ६० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । त्यस्तै कास्की प्रहरीले चाडपर्वलाइ लक्षित गर्दै विषेश सुरक्षाको समेत व्यवस्था गर्नेभएको छ । नजिकिदै गरेको नेपालीहरुको चाड दशै ,तिहार  लगायतलाइ मध्येनजर गर्दै प्रहरीले शान्ती सुरक्षाका साथै खाद्यान्नमा हुने कालोबजारी र मिसावटलाइ समेत ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय तथा महानगरमा समेत पत्राचार गरेको छ । ” हामिले खाद्यान्न तथा व्यापारमा  हुने कालोबजारीको समेत मध्ये नजर गर्दै प्रशासन तथा महानगरलाइ अनुगमन समिती गठन गर्न पत्राचार गरेका छौ, एक हप्ता बितिसक्दा समेत कुनै किसिमको सुचना भने आएको छैन” प्रमुख एसपी कार्कीले बताए । प्रहरीले सुरक्षालाई मध्यनजर गर्दै सादा पोसाकमा सार्वजनिक सवारी साधन, सरकारी कार्यालय लगाएत सबै क्षेत्रमा तैनाथ गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->