स्याङ्जा, ४ असोज : हरिनाश गाउँपालिका ३ स्थित ललहिमा भदौ १७ गते बाबु छोराको हत्या गरेको अभियोगमा प्रहरीले हरिनाश गाउँपालिका ३ ललहिका ३३ वर्षीय दिपक भन्ने दानबहादुर मल्ललाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडी बढाएको प्रहरीले जनाएको छ । मृतक चित्रबहादुर खड्काकी श्रीमती अनिता खड्काले बताएको घटनामा संलग्न व्याक्तिको हुली र प्रहरीको अनुन्धान समेत मिलन गएकोले दानबहादुर मल्ललाई प्रकाउ गरिएको प्रहरीले बताएको छ ।
मृतक खड्काकी श्रीमती अनिता खड्काले कर्तव्य ज्यान मुद्दामा दिएको किटानी जाहेरीका आधारमा आरोपीतलाई प्रकाउ गरी असोज २ गते जिल्ला अदालत स्याङ्जा बाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । घटनामा प्रयोग भएको खुकुरी र मृतककी श्रीमती खड्काले दिएको बयानका आधारमा अनुसन्धान गर्दै जादा प्रहरीले आरोपीत मल्ललाई प्रकाउ गरि अनुसन्धान कार्य अगाडी बढाएको हो ।
घटना घटे लगैतै प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारी सहितको प्रहरी प्रहरीको अनुसन्धान टोलीले घटना स्थलमै बसेर अनुसन्धान कार्य गरिरहेको थियो । भदौ १७ गते बिहान घरमा सुतिरहेको बेला ३३ वर्षीय चित्रबहादुर खड्का र उनका ४ वर्षीय छोरा रिजन खड्काको धारीलो हतियार प्रहार गरेर हत्या भएको थियो । खड्काकी श्रीमती अनिताले चिच्याएपछि हत्यार भगेका थिए । नाबालक बच्चा सहित खड्काको हत्या भए संगै परिविार संगै सिंगो गाउँ नै शोकमा डुबेको छ ।





