आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संयुक्त गुरुङ समाज अमेरिकाको टोली घान्द्रुकमा

संयुक्त गुरुङ समाज अमेरिकाको टोली घान्द्रुकमा


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७६, सोमबार

पोखरा,६ असोज – गुरुङ जातीकोे बारेमा अध्ययनका लागी संयुक्त गुरुङ समाज अमेरिका  को टोली घान्दु्रक पुगेको छ । गुरुङ जातिको मौलिक पहिचान, भाषा, धर्म, संस्कार संस्कृतीको बारेमा खोज, अध्ययन र अनुसन्धानको लागी संयुक्त गुरुङ समाज अमेरिकाको पाँच सदस्यीय टोली गुरुङ जातिको बाहुल्य रहेको घान्द्रुक पुगेको हो ।

घान्द्रुक पुगेको टोलीले त्यहा रहेको गुरुङ जातिको पच्यु, घ्याप्री खेगीहरु संग अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रिया कार्यक्रममा वोल्दै पच्यु खेगी गुरु चित्र बहादुर गुरुङले हाल सम्म गुरुङ हरुको मौलिक भाषा, धर्म, संस्कार संस्कृतीको बारेमा कोही कसैले चासो नदिइरहेको वेला अमेरिकामा बसोबास गर्ने गुरुङहरुले यसको बारेमा चासो देखाउदा आफुहरुलाई निकै खुसी लागेको वताए । गुरुङ जातिको मुख्य धर्म बोन धर्म रहेको वताउदै गुरुङले गुरुङ जातिको हरेक संस्कारमा वोन्पोलम, पच्यु, घ्याप्री र खेगीहरुद्धारा पुजाआजा गरिने वताए ।

त्यस्तै घ्याप्री खेगीको तर्फबाट वोल्दै खेगी आस बहादुर गुरुङले पच्यु र घ्याप्रीको कुनैपनि लिखित प्ये नरहेतापनि वोन्पोलमको भने प्ये रहेतापनि पछिल्लो समय युवा पुस्ताहरुले समेत यसबारेमा चासो नदेखाउदा कतै लोप हुने अवस्था आउने होकी भन्ने चिन्तामा रहेको वेला अमेरिकामा बसोबास गर्ने गुरुङ युवाहरुले चासो देखाएर अनुसन्धान गरेकोमा खुसी ब्यक्त गर्दै सम्पूर्ण गुरुङहरु एकजुट भएर आफ्नो संस्कृतीको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । चोगी किसम गुरुङले वोन वादी गुरुङहरुको संस्कारलाई समयक्रम अनुसार रुपान्तरण गर्दैे वोनपोलम, पच्यु र घ्याप्रीहरुको संस्कार संरक्षण गर्नुपर्नेमा जोड दिए ।

संयुक्त गुरुङ समाज अमेरिका ग्न्क्ब् का अध्यक्ष प्रदीप कोने गुरुङले अमेरिकामा बसोवास गरिहदा आफुहरुले आफ्नो जातिको संस्कारहरुको बारेमा भावी युवा पुस्तालाई समेत जानकारी दिनुपर्छ भन्ने उद्देश्य लिएर पांच सदस्यीय टोली एक महिने भ्रमणमा नेपाल आएको वताए । नेपाल भ्रमण विशुद्ध गुरुङ जातिको अध्ययन अनुसन्धानका लागी भएको र नेपालको विभिन्न गुरुङ गाउहरुमा पुगी वोन धर्मको बारेमा जानकारी लिन पाउदा निकै खुसी लागेको वताए । आफुहरु गुरुङहरुको उद्गम थलो क्होलासोथर नजिकै रहेको सिक्लेसबाट सुरु भएको अध्ययन भ्रमण ताङ्तिङ, तप्राङ, धम्पुस, हुदै घान्दु्रक आइपुगको वताउदै लम्जुङ, चितवन हुदै भारतको सिक्किम र दार्जलिङ लगायतका ठाउहरुमा समेत अध्ययन भ्रमणमा रहने उनले वताए ।

अन्तरक्रिया कार्यक्रममा घान्द्रुकका पच्यु खेगी मिम बहादुर गुरुङ, पच्यु खेगी पूर्णमान गुरुङ, पच्यु खेगी जगन गुरुङ, घ्याप्री खेगी वैश बहादुर गुरुङ, लगायतले वोन धर्म र संस्कारको बारेमा वोलेका थिए भने उक्त अवसरमा संयुक्त गुरुङ समाज अमेरिकाका उपाध्यक्ष एन बी गुरुङ, संमाजको परराष्ट्र मन्त्रालयको प्रमुख पदम गुरुङ, संचारकर्मी सहज गुरुङ र सल्लाहकार गंगाराम गुरुङ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->