बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गाँउको युवाहरुको लागि प्रेरणाको स्रोत बने कुखुरा पालक बिकास

गाँउको युवाहरुको लागि प्रेरणाको स्रोत बने कुखुरा पालक बिकास


  • प्रेरणा राना मगर
  • असोज ६ २०७६, सोमबार
tgx'“sf] Jof; !$ s'n'ªdf Ps o'jf nf]sn s'v'/f /]vb]v ub}{ . tl:a/ M k|tfk÷sflGtk'/ .

तनहुँ ,६ असोज – चार बर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कडा मेहनत गर्दा पनि सोचे अनुरुपको उपलब्धि हासिल गर्न नसके पछि तनहुँ ब्यास १४ कुलुङ्का २८ बर्षका बिकास आले आफ्नै देशमा केही उधम गरौ भन्ने सोच बोकि गाउँ फर्के । गाउ“ फर्केर उनले व्यवसायिक रुपमा लोकल कुखुरा पालन गरेका छन ।,’ उनि भन्छन्  ‘गाँउमा बसेर केही गर्न सोचले गाँउ फर्केका हौं । विदेश नजाने भनेर घरमा लोकल कुखुराको पालन गरेको हु ।’ लोकल कुखुराका माग पनि बढी छ । त्यसैले व्यवसायिक लोकल कुखरा पालन थालनी गरे । थोरै लगानी,र कम मेहेनतमा व्यवसाय गर्न सकेकाले विदेशबाट स्वदेश फर्केर कृषि पेशामा लागेको उनले बताउछ्न । उनले तीन सय वटा कुखुराबाट व्यवसायको सुरुवात गरेका हुन । ती मध्ये एक सय ५० वटा कुखुरा विक्री भएर आम्दानी पनि लिइसकेका छन । चार महिनाको अवधिमा कुखुरा विक्री गरेर दुई लाख रुपैया“का हाराहारीमा कमाई गरिसकेको उनले बताए । अझै फर्ममा कुखुरा छन । बढी मात्रमा गाउको होमस्टेमा लोकल कुखुरा खपत भएको छ । गाँउका होमस्टेमा प्रतिकेजी ७ सय र बाहिरका व्यवसायीलाई प्रतिकेजी ८ सय रुपैया“का दरले बिक्री गर्ने गरेको उनले बताए । लोकल कुखुरा माग पुर्याउन सकिएको छैन । पहिलो प्राथमिकता गाउ“को होमस्टेलाई हुन्छ । त्यस पछि बल्ल बाहिर बिग्री गर्ने हो । विदेशमा भन्दा कुखुराबाट राम्रो आम्दानी भएको उनले बताए ।‘लोकल कुखुराबाट राम्रो आम्दानी भयो,’ उनले भने, ‘अझै व्यवसायलाई विस्तार गर्ने योजना बनाएको छु ।’
गाँउमा जग्गा प्रशस्त छन । त्यही जग्गालाई सदुपयोग गरेर कुखुरा फर्म विस्तार गर्ने हो । करिब छ हजार वटा क्षमताको फर्म बनाउने लक्ष्य छ । विदेश जान पनि २÷३ लाख रुपैया लाग्छ म्यान पावर धाउदा, आउजाउ गर्दा, भिसा लगाउदा त्यती नै खर्च हुन्छ । तीन सय कुखुरा पालनका लागि तीन लाख रुपैया लगानी लाग्ने गरेको छ । उनी मात्र होइन गाउका जगत, केशर राना, रामबहादुर आले लगायत गाउका युवा विदेशबाट फर्केर गाउमा व्यवसायिक कुखुरा पालनमा लागेका छन । उनीहरु विदेश छाडेर गाउमा आएर व्यवसायिक लोकल कुखुरा पालनमा लागेका छन । विकासको प्रेरणाले गाउमा केही गर्नुपर्छ भनेर कृषि कर्ममा लागेको उनीहरु बताउछन ।
लोकल कुखुरा पालन राम्रै लागेको छ । बजार पनि नीकै राम्रो छ । तर, कुखुरा साना चल्ला पाउन गाह्रो भएको केशरले बताए । ‘नजिक पाउदैन,’उनले भने,‘काठमाडौ देखि ल्याउनुपर्छ ।’टाढाबाट ल्याउन समस्या भएको छ । अब आफ्नै फर्ममा चल्ला उत्पादन गर्ने सोचमा छ ।युवाहरु विदेशबाट फर्केर लोकल कुखुरा पालन गर्न थालेपछि युवाहरु विदेश पलायन हुन बाट रोकिन थालेको स्थानीय नानीमाया आलेले बताइन । ‘कुखुरा पालन गर्न विदेश छाडेर आएका छन, उनले भने, ‘अर्को देश छाडेर गाउ“ फर्केर व्यवसायिक कृषि कर्ममा लाग्दा खुसी लागेको छ ।अब भने गाउका युवा विदेश पलायन हुदैनन होला । केही बर्ष त सबै युवा विदेश पलायनले गाउमा युवाशक्ति नै थिएन। विस्तारै युवाहरु गाउ“ फर्किन थालेका छन । अब गाउ“लाई युवाहरुले सिगार्ने छन । गाउ“का दिदीबहिनीहरु पनि अहिले खुसी भएका छन । लोकल कुखुरा पालनले होमस्टेको प्रर्बद्धन भएको कुलुङ सामुदायिक होमस्टेका अध्यक्ष रीता थापाले बताइन । ‘होमस्टेमा आउने पाहुनाले लोकल कुखुरा खान मन पराउछन, उनले भनिन,‘ युवाहरुले गाउमा लोकल कुखुरा पालेर सजिलो भएको छ ।’ कुलुङ होमस्टेको बिशेषता नै लोकल कुखुरा भएको छ । होमस्टे नभएको भए कुखुरा पालन फस्टाउन मुस्किल हुन्थ्यो होला । अर्को तर्फ लोकल कुखुरा नभएको भए होमस्टेको प्रर्बद्धनमा समस्या हुन्थ्यो । लोकल कुखुराले होमस्टेको प्रर्वद्धन मात्र गरेको छैन । युवाहरुलाई कृषि पेशामा आकर्षित समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->