आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पहिरोमा पुरिएर सबओभरसियरको मृत्यु

पहिरोमा पुरिएर सबओभरसियरको मृत्यु


  • Dhorpatan News
  • असोज ६ २०७६, सोमबार

पर्वत, ६ असोज – मध्यपहाडी लोकमार्गमा काम गरिरहेको अवस्थामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
लोकमार्ग अन्तरगत पर्वत खण्डमा कुश्मा नगरपालिका वडा नम्बर ७ खहरेमा सडकको चौडाइ नाप गरिरहेको बेलामा सडकमाथिबाट खसेको सुक्खा पहिरोले पुरिएर सबओभरसियर कमल राईको मृत्यु भएको छ । मोरङ घर भएका राई हाल मध्यपहाडी लोकमार्गमा सबओभरसियर पदमा कार्यरत थिए ।मध्यपहाडी लोकमार्गको स्तरोन्नति भइरहेको कुस्मा नगरपालिका–७ खरेहामा सडकको चौडाइ नाप गरिरहेको बेलामा सडकमाथि खसेको सुक्खा पहिरोले राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उनको शवलाई जिल्ला प्रहरी कार्यालय पर्वतका टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरको सहयोगले बाहिर निकालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->