आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कार्य सम्पादन सम्झौंता कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

कार्य सम्पादन सम्झौंता कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन


  • Dhorpatan News
  • असोज ९ २०७६, बिहिबार

काठमाडौं,९ असोज –  प्रधानमन्त्री केपी ओलीले कार्य सम्पादन सम्झौंतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिएका छन  । प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समिक्षात्मक बैठकमा बोल्दै आफूसँग गरिएको कार्य सम्पादन सम्झौंता जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हून  ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको समीक्षात्मक बैठकमा प्रधानमन्त्रीले बजेट कार्यान्वयनको काममा तीव्रता दिन आफूहरुलाई सचेत गराउनु भएको कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले जानकारी दिए ।

एक महिना अघि प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुसँग र मन्त्रीहरुले आ– आफनो मन्त्रालयका सचिवसँग एक वर्षे कार्य सम्पादन सम्झौंता गरेका थिए । त्यसैमा केन्द्रित भएर सबै मन्त्रालयको चालू आर्थिक वर्षको दुई महिनाको कार्य प्रगति समीक्षा गरिएको हो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तर्फबाट सबै मन्त्रालयको कार्य प्रगति विवरण पेश गरिएको छ । त्यसमा सबै मन्त्रालयका मन्त्री र सचिवहरुले आ–आफ्ना मन्त्रालयको कामको प्रगति र काम गर्न देखिएको नीतिगत समस्याका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् । प्रधानमन्त्रीले बजेट कार्यान्वयनमा तीव्रता दिन मन्त्रीहरुलाई सचेत गराएक हून ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->