पोखरा, ११ असोज – दशैँको लागि ल्याइएका च्याङ्ग्रा चोर्नेहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । मुस्ताङबाट ल्याइएका च्याङ्ग्रामध्ये २ वटा कास्कीको अन्नपूर्ण गाउँपालिका–६, ढावा भन्ने ठाउँमा चोरी भएको थियो । च्याङ्ग्रा सोही ठाउँका २४ वर्षीय विशाल र सागर गुरुङले चोरी गरेका थिए । उनीहरुलाई चोरेका च्याङ्ग्रा काटेर पोल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
यता पोखरा–१४, शिवमार्गमा पार्किङ गरिराखेको ग १ ज ३८७१ नम्बरको मारुती सुजुक िट्याक्सी चोरी गर्नेहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न २२ वर्षीय राजन राई, २१ वर्षीय अजय परियार,२० वर्षको सञ्जय परियार र एकजना १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले पार्किङ गरेको सो ट्याक्सी पोखरा–१६, विजयपुरको टाइगरटप होटल भएको डाँडामा पु¥याएका थिए ।





