आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कर र विचौलियाको कारण च्याङ्ग्राको मूल्य बढ्यो

कर र विचौलियाको कारण च्याङ्ग्राको मूल्य बढ्यो


  • विजय नेपाली
  • असोज १२ २०७६, आइतबार

पोखरा, १२ असोज –  नेपालीहरुको महान् चाड दशैँलाई लक्षित गर्दै पोखरामा भेडा च्याङ्ग्रा भित्रने क्रम सुरु भएको छ । कास्कीको हेम्जामा तथा लेखनाथमा  यतिबेला हिमाली जिल्ला मुस्ताङ सहित हुम्ला, मुगु, डोल्पा तथा बझाङ जिल्लाबाट ल्याईएको भेडा च्याङ्ग्रा आईपुगेका छन् । यतिबेला भेडा च्याङ्ग्रा किन्नेको भिड लागिसकेको छ ।
ब्यापारीहरुले गत बर्षभन्दा यो बर्ष भेडा च्याङ्ग्राको मुल्य केही महङ्गो भएको बताएका छन् । बझाङबाट भेडा च्याङ्ग्रा पोखरा ल्याएका  कर्णबहादुर बमले यो बर्ष बढीमा ३५ देखि ३६ हजार  रुपैयाँ सम्म मुल्य पर्न गएको बताए  । च्याङ्ग्राको मूल्य कर र विचौलियाको कारणले गर्दा महंगो हुन गएको उनले बताए । ” गण्डकी प्रदेश ल्याउनु भन्दा अघि निकै दुख पाइयो बाटोमा सरकारलाइ कर त तिरियो त्यसको बाबजुत , प्रहरी र विचौलियाहरुले समेत एउटा च्याङग्रा बापत एक हजार सम्म लिए” उनले भने ।  उनले  बझाङको साईपाल हिमाल क्षेत्रबाट १ सय  ५० भेडा च्याङ्ग्रा बिक्रीको लागी  पोखरा ल्याएको बताए  । बझाङमा खरिद गर्दा नै कम्तिमा २५ हजार ५ सय सम्म परेको उनको  भनाई छ । ‘ठाँउ ठाँउमा भन्सार तिरियो पोखरा आएर पनि चरनक्षेत्रको पैसा दिए मेरो पारिश्रमिक पनि जाड्नै प¥यो’ उनले भने ‘सबै जोड्दा ३० देखी ३५ हजार त परिहाल्छ, हामीले पनि नाफा कै लागि काम गरेको हो’ ।
खसी बोकाको तुलनामा हिमाली भेगको भेडा च्याङ्ग्रा स्वास्थ्यका हिसाबले पनि राम्रो मान्ने गरिन्छ । अरु बेला च्याङ्ग्रा नल्याइने भएकाले वर्षमा एक पटक दशैँमा भने च्याङ्ग्राको मासु खाने गरेको च्याङ्ग्रा खरिद गर्न आएका  पोखरा नदिपुरका गुरु प्रसाद लामिछानेले बताए । लामिछानेले अघिल्लो बर्ष भन्दा यो बर्ष भेडा च्याङ्ग्राको भाउ महङ्गो भएको बताए  । ‘ब्यापारीले च्याङ्ग्राको मुल्य ३० हजार भन्नुभएको छ, तौल २०÷२१ किलो भन्दा बढी लागेन, यो हिसावले पनि १५ सय रुपैँया किलो पर्न जान्छ’ उनले भने ।
त्यस्तै अर्का व्यापारी प्रेम प्रसाद दवादीका अनुसार प्रदेश सरकार, स्थानिय सरकार बाहेक प्रहरी र टोले गुण्डालाइ समेत पैसा तिर्न बाध्य भएको बताए  ।”आउदा  बिचमा २ जना प्रहरी भेटिएपनि पैसा दिनैपर्ने, हामीले बुटवल सम्म त आवारा केटाहरुलाई पनि पैसा दियौं ” , २ किलोमिटर दुरि पार गर्न नपाउदै  रोकेर ल्याउन नै दिएनन   पैसा दिए मात्रै छाड्छन  आवारा केटाहरुलाई मात्र ४ ठाँउमा पैसा दिईयो । उनले भने ।  प्रहरीले रोकेपछी ५ सय नदिई नहुने उनको भनाई छ ।
अर्का ब्यापारी पोषराज दवाडीले राज्यले युवालाई देशमा केही गर्न पर्छ भनेर बोल्दै हिडेपनि ब्यावहारमा लागु नभएको बताए  । बिगत ४ बर्ष विदेशमा बसेर नेपाल आएर केही गरौ भनेर भेडा च्याङ्ग्राको ब्यापार गर्न लागेको तर ठाँउमा कर तिर्नुपर्ने, टोले गुन्डालाई पैसा दिनुपर्ने, प्रहरीलाई पैसा दिनुपर्ने कारणले आफु आत्तिएको बताए । ‘कर तिरेको रसिद, भेटेनरीको  जाँचपास सबै हुदाहुदै पनि प्रहरीले तपाईहरुलाई मात्र दशैं आयो हामी छैन भन्दै रकम असुल्यो ” उनले भने  ठाउँ  ठाँउमा पैसा  नदिदा ४ घण्टा सम्म गाडी रोकिदियो’ । यसरी गाडी रोक्दा एउटा मात्रै भेडा च्याङ्ग्रा म¥यो भने ३० हजार भन्दा बढी घाटा लाग्ने भएकोले बाध्यताले ५ सय  देखी हजार रुपैँया तिरेर ल्याउनु परेको उनले बताए  । यो समस्या दाङ्ग देखी बुटवल सम्म भोगेको उनले बताए  । गण्डकी प्रदेश भित्र भने यस्तो समस्या नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->