पोखरा,१७ असोज – केही समय अघि पोखरा रंगशाला फुटबल मैदानको लागि एक लट दुबो आयो । त्यस पछि भने रंगशालाको लागि कोलकत्ताबाट आउने बरमुढाको दुवोसहितको बाकी चपरी ल्याउनमा ढिलाइ भएको छ । डिपार्टमेन्ट अफ फरेस्टी भारत संग स्वीकृति नलिदा बाकी पाँच लट दुबो रोकिएको थियो ।
ू अब एक कन्टेनर दुबो नवमीको दिनमा हिड्छ, भारतले माटो बाहिर लान दिदैन त्यसैले समस्या भएको हो अब समस्याको समाधान भएको छ हामिले लगातार पठाउन आग्रह गरेका छौू पोखरा रंगशाला फुटबल मैदान निर्माण कम्पनी भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम।ए कन्ट्रक्सन जवलाखेल ललितपुर ९जे।भी०का प्रोजेक्ट म्यानेजरको रुपमा रहेको दिपक बरालले बताए । सिभिल तर्फको ५०५ काम पनि समपन्न भएका छन उनले भने । ‘ नेपाली भन्सार दशैको बेला तिन दिन बन्द हुदो रहेछ त्यसैले एक कन्टेनर टिकाको दुई दिनमा आइपुग्छ ू बरालले भने । मैदानको लागि गत बिहिवार एक कन्टेनर दुबो आएको थियो । चार दिन सम्म भन्सारमा अड्किएको दुबो ९ गते पोखरा आइपुगेको थियो ।
एउटा दुवोको चपरी १० बर्गफिटको छ । टुक्रा टुक्रा चपरी बनाई ल्याएको छ । एउटा घाँसको चपरी २।५ फिट चौडाई र ४ फिट लम्बाईको छ । १० स्क्वायर फिटको चपरीलाई ट्रकमा लोड गरी ९ दिनपछि पोखरा आईपुगेको थियो । पोखरा रंगशाला ९० हजार स्क्वायर फिटको छ । त्यस अनुसार ९ हजार चपरीको टुक्रा आउने क्रममा छ ।
छ वटा ट्रकमा चपरी लोड भएर आउने प्रोजेक्ट म्यानेजर बरालले बताए । आईसकेको चपरी विछ्याएको उनले बताए । चपरी मैदानमा सर्न एक महिना लाग्ने अनुमान गरिएको छ । रंगशालाको फुटबल मैदान यतिबेला बालुवा राखेर सम्याउने काम टुग्याईसकिएको छ । उनका अनुसार अब ५ वटा ट्रकमा लोड गरिएको चपरी आउनेक्रममा रहेको छ ।
केही दिन अघिमात्रै जर्मनबाट एथलेटिक्स ट्रयाकको लागि आवश्यक सामान आईपुगेको थियो । ट्रयाक एण्ड फिल्डको रनिङ ट्रयाकलाई सिन्थेटिक बनाईने छ । सिन्थेटिक ट्रयाकको लागि आवश्यक सामान ग्रानुयल्स रबर दाना पोखरा रंगशालामा झरिसकेको छ अब ट्र्याक कालो पत्रे १०(१२ दिनमा सकिन्छ । ट्रयाक कालोपत्रे पीच गरेपछि मात्रै रबर दानालाई केमिकल प्रयोग गर्दै ट्रयाकमा हालिने उनले बताए ।
कृत्रिम घाँस र प्राकृतिक घाँसे मैदान बनाउने भन्ने लामो समयको विवादपछि प्राकृतिक मैदान बनाउने निर्णय गरिएको थियो । निर्णयसँगै प्राकृतिक घाँस भारतको कोलकत्ताबाट ल्याईने निर्णयसँगै घाँस लोड गरिएको छ । चपरीको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक९इन्जिनियर० प्रनिस ताम्राकारले घाँस निरीक्षण गरी फर्किएका थिए ।
मैदानसँगै सिटको लागि आवश्यक फाउण्डेशन तयारी गरिदैं छ । सिटको सामान फ्रान्सबाट हिडिसकेको छ । नोभेम्बरको दोस्रो साता सिटको सामान पोखरा आईपुग्ने दावी कम्पनीले गरेको छ । १५ दिनभित्रमा सिटलाई जोडिसक्ने योजना कम्पनीको छ । १६ हजार ५ सयबाट बढेर २० हजार गरी भीआईपी र दर्शक सिट क्षमताको प्यारापिट हुने छ । १ अर्ब २८ करोडको लागतमा निर्माणाधिन फुटबल मैदान कार्तिक १५ भित्रमा निर्माण पुरा गर्ने लक्ष्य राखिएको छ ।





