पोखरा,१७ असोज – स्याङजाकोे फरक फरक स्थानबाट अबैध लागूऔषध सहित तीन जना पक्राउ परेका छन । वालिङ नगरपालिका –१३ गाहाँखोलामा सिद्धार्थ राजमार्गमा प्रहरी चौकी दहथुमको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ आउदै गरेको बा.३.ख. ४९७१ नंम्बरको हाईसमा म्याग्दीको बेनी नगरपालिका– २ का श्रीराम कार्कीले बोकेको झोलाबाट नोफिन– ७५ पिस, डाईजेपाम– ७५ पिस, फेनरागन– ७५ पिस, नाईट्राजेपाम ४३ पिस लागूऔषध सहित पक्राउ गरिएको छ । त्यसैगरी गल्याङ नगरपालिका– १३ गाहाँखोला झाडिमा बसेका भिरकोट नगरपालिका– १ का भरत गुरूङ र सहितविन मियाको साथबाट प्रयोग नभएको सिरिन्ज– ५ सेट, फेनरागन –२३ पिस, डाईजेपाम– २४ पिस, नोफिन –२२ पिस सहित पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए । पक्राउ परेका तिनै जनालाइ नियन्त्रणमा लिएर थप अनुसन्धान र आवश्यक कारबाही प्रक्रिया चलाएको प्रहरीले जनाएको छ ।





