पोखरा,१७ असोज – पोखराको बेगनासताल नजिक बस दुर्घटना भएको छ । बेगनासको त्रिशुली डाँडामा ग १ ख ४७७१ नम्बरको बस सडकबाट ५० मिटर भिरमा खसेको थियो । दुर्घटनामा बसमा सवार सबै यात्रु घाईते भएको प्रहरीले जनाएको छ । घाईते २५ जनाको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र लेखनाथ सामुदायिक अस्पताल मा उपचार भइरहेको छ ।घाईतेहरुको अवस्था सामान्य रहेको कास्की प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै प्रहरी टोली पुगेर घाईतेको उद्धार गरेको थियो ।





