आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महराविरुद्ध रोशनीले दिइन किटानी जाहेरी, कसुर प्रमाणित भए ३ बर्ष कैद

महराविरुद्ध रोशनीले दिइन किटानी जाहेरी, कसुर प्रमाणित भए ३ बर्ष कैद

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २२४ अनुसार ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०७६, शनिबार

काठमाडौँ, १८ असोज – पीडित रोशनी शाहीले निवर्तमान सभामुख कृष्ण वहादुर महरा विरुद्ध बलात्कार प्रयासको कसूरमा महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी दिएकी छिन । यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका निवर्तमान सभामुख महराविरुद्धको कसुर पुष्टी भए ३ वर्ष कैद हुने भएको छ । पीडित रोशनी शाहीले शनिबार किटानी जाहेरी दिएपछि प्रहरी आरोपमाथि अनुसन्धानमा जुटेको छ । प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार अनुसन्धान अगाडि बढाएको छ ।
यौन दुर्व्यवहारको कसुर पुष्टि भए मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २२४ अनुसार ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ । उक्त दफामा कसैलाई यौन दुर्व्यवहार गर्न नहुने भनिएको छ । महरा सभामुख भएकै अवस्थामा यौन दुर्व्यवहार भएकोले कसुर पुष्टि हुँदा उनीविरुद्ध थप सजाय हुनसक्छ । शनिबार पीडित रोशनीले बलात्कार प्रयासको कसूरमा महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । शनिबार बिदा परेकोले आइतबार जाहेरीमाथि थप अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->