आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बडादशैलाई मितब्ययी र आदर्श पर्वको रुपमा मनाउन बागलुङका प्रजिअ क्षत्रीको आग्रह

बडादशैलाई मितब्ययी र आदर्श पर्वको रुपमा मनाउन बागलुङका प्रजिअ क्षत्रीको आग्रह


  • ढोरपाटन संवाददाता
  • असोज २० २०७६, सोमबार

बागलुङ, २० असोज – बागलुङका प्रमुख जिल्ला अधिकारी लुक वहादुर क्षत्रीले बडादशैलाई सवैको मितब्ययी र आदर्श पर्वको रुपमा मनाउन आग्रह गरेका छन । जिल्ला प्रशासन कार्यालय बागलुङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना दिदै सवै पर्व नेपालीहरुका लागि महत्वपूर्ण भएकाले यिनीहरुलाई कस्तो बनाउने भन्ने दायित्व पनि आफ्नै भएको प्रजिअ क्षत्रीले वताए । पर्वलाई सुसंस्कृत, समृद्ध र सवैको प्रिय बनाउनु पर्दछ, प्रजिअ क्षत्रीले भने, यसका लागि हामी सवै मितब्ययी भएर लाग्नु पर्दछ, यसका लागि सवैमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । कार्यक्रममा सांसदहरु, स्थानीय सरकारका जनप्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुखहरु, सामाजिक अभियान्तहरु, स्थानीय ब्वयसायीहरु, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु लगायतले एक आपसमा शुभकामना साटासाट गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->