आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आज देशका धेरै ठाउँमा पानी पर्ने तथा नदीहरुमा बाढी आउने सम्भावना : मौसमविद्

आज देशका धेरै ठाउँमा पानी पर्ने तथा नदीहरुमा बाढी आउने सम्भावना : मौसमविद्


  • Dhorpatan News
  • असोज २१ २०७६, मंगलबार

काठमाण्डौ,२१ असोज  (  दशैँको टीकाको दिन आज देशका धेरै ठाउँको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।काठमाण्डौ उपत्यकासहित मध्य, पूर्व र पश्चिमका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा दिउँसोपख हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको र केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।पानी पर्ने भएकाले दशैँको टीका लगाउन जाँदा सतर्कता अपनाउन उनले सुझाव दिए ।यसैबीच आज र भोलि केही नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काइ र कमला नदीमा आज र भोलि पानीको बहाव बढ्ने महाशाखाको भनाइ छ । यस्तै, इलाम, झापा, मोरङ सुनसरी, धनकुटा, उदयपुर, सिन्धुली, मकवानपुर, रामेछाप, सिन्धुपाल्चोक धादिङ, गोरखा, कास्की तनहुँ र स्याङ्जालगायत ठाउँका नदी र खोलामा पनि बाढी आउने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->