आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान


  • Dhorpatan News
  • असोज २३ २०७६, बिहिबार

काठमाण्डौ,२३ असोज  – काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बिहीबार सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा आंशिकदेखि सामान्य बदली रहने भए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् ।

बेलुकीतिर भने पूर्वका थोरै ठाउँ, मध्य र पश्चिमी पहाडी भूभागका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । भारत र पश्चिम बंगालको आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण यस वर्षको मनसुन अझै बाहिरिन सकेको छैन ।

मनसुन नसकिँदा फाट्टफुट्ट पानी पर्ने गरेको मौसमविद्को भनाइ छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज २३ गते बिहीबार 

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वका थोरै ठाउँ, मध्य र पश्चिमी पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

असोज २४ गते शुक्रबार

दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भूभागमा आंशिक बदली रहनेछ ।

राति :  देशको पहाडी भूभागमा आंशिक बदली रहने र केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भूभागमा आंशिक बदली रहनेछ ।

असोज २५ गते शनिबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रहने र तराईका भूभागमा सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->